Headline

नेपाल सुपर लिगः पुजनको उत्कृष्ट गोलपछि अतिरिक्त समयमा गयो पहिलो क्वालिफायर

Published

on

पुजन उपरकोटीले नेपाल सुपर लिगकै सम्भवत सबैभन्दा उत्कृष्ट गोल गरेपछि धनगढी एफसी र काठमाडौं रेजर्सबीचको पहिलो क्वालिफायर ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको छ ।

दशरथ रँगशालामा तेज तामाङले लिगका सर्वाधिक गोलकर्ता मेसुकेको असिस्टमा हेडर मार्फत तेज तामाङले दोश्रो हाफमा अग्रता दिलाएपछि पुजनले बाइसाइकल किकमा गोल गर्दै धनगढीलाई खेलमा फर्काएका थिए ।

खेलको पहिलो हाफमा काठमाडौंले नियन्तत्रण गरेको थियो । १६ औं मिनेटमा मेसुकेको कर्लिङ्ग शट क्रसबारमा लागेर फर्किएको थियो । ३७ औं मिनेट सुदिल राइले टाइट एँगलबाट गरेको प्रहारलाई धनगढीका गोलकिपर किरण चेम्जोङ्गले बचाइदिएका थिए ।

क्वालिफायरको बिजतो सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले बुधबार हुने बुटवल लुम्बिनी एफसी र ललितपुर सिटी एफसीबीचको एलमिनेटर खेलको बिजेतासँग खेल्नेछ । ७५ औं मिनेटमा बिश्वास श्रेष्ठले निकालेको बलमा मेसुकेले बक्स भित्र निकालेको पासमा तेज तामाङले ६ यार्ड बक्सबाटै गरेको हेडरमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए ।

धनगढीले तीन मिनेटमै बराबरी गोल फर्कायो र प्रतियोगितामै उत्कृष्ट ढँगले । ७८ औं मिनेटमा निशान खड्को कर्नरलाई बिकेश कुथुले पञ्च गरेपछि धनगढीका फ्रान्कालिन टालाले हेड गर्दा आएको बलमा पुजनले बाइसाइकल किक प्रहार गर्दै लिगकै सम्भवत उत्कृष्ट गोल गरेका थिए । पञ्च गर्न आफ्नो स्थानमा नरहेका बिकेशले आएर बचाउने समय नै थिएन ।

८९ औं मिनेटमा बिकेशले ओलावालेलाई वान भर्सेस वान स्थितिमा रोकेका थिए ।

सुपर लिगमा काठमाडौं र धनगढी दोश्रो पटक भिडिरहेका हुन् । दुई टिमबीच लिग चरण भएको पहिलो खेलमा धनगढी ३–० फराकिलो अन्तरले पराजित गरेको थियो ।

Click to comment

Trending