Headline

नेपाल सुपर लिग क्वालिफायरः पहिलो हाफमा काठमाडौंकै पलडा भारी

Published

on

धनगढी एफसी र काठमाडौं रेजर्सबीचको नेपाल सुपर लिग क्वालिफायरको पहिलो हाफ गोलरहित बराबरीमा सक्किएको छ ।

दशरथ रँगशालामा दुवै टोलीले केही आकर्षक मुभहरु बनाएपनि काठमाडौं दुई पटक गोल गर्ने मौकामा चुकेको छ । १६ औं मिनेटमा मेसुकेको कर्लिङ्ग शट क्रसबारमा लागेर फर्किएको थियो । ३७ औं मिनेट सुदिल राइले टाइट एँगलबाट गरेको प्रहारलाई धनगढीका गोलकिपर किरण चेम्जोङ्गले बचाइदिएका थिए ।

क्वालिफायरको बिजतो सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले बुधबार हुने बुटवल लुम्बिनी एफसी र ललितपुर सिटी एफसीबीचको एलमिनेटर खेलको बिजेतासँग खेल्नेछ ।

सुपर लिगमा काठमाडौं र धनगढी दोश्रो पटक भिडिरहेका हुन् । दुई टिमबीच लिग चरण भएको पहिलो खेलमा धनगढी ३–० फराकिलो अन्तरले पराजित गरेको थियो ।

Click to comment

Trending