Headline

धनगढी भर्सेस काठमाडौंः मेसुके भर्सेस ओलावाले

Published

on

धनगढी एफसी र काठमाडौं रेजर्स मङ्गलवार नेपाल सुपर लिगको क्वालाईफायरमा दुवै टोलीलाई सोझै फाइनल प्रवेश गर्ने आशा रहनेछ ।

बालगोपाल महर्जनको काठमाडौं रेजर्सले लिग चरणमा व्यहोरेको एक मात्र पराजयमा धनगढीसँग ३–० ले हारेको थियो । तर त्यो पराजयपछि काठमाडौं सबैभन्दा सुधारिएको टोलीको रुपमा अगाडी आएको छ ।

समुह चरणको बिजेताको रुपमा सक्काएको काठमाडौंको पछिल्लो दुई प्रदर्शनले उ उच्च लयमा रहेको प्रस्ट हुन्छ । तर आफ्नो अन्तिम खेल आइतबार खेलेका कारण थकानले केही प्रभाव पार्ने टर उसलाई हुनेछ ।

लिग चरणको पाचौं खेलमा काठमाडौंले बिराटनगर एफसीलाई ५–४ ले पराजित गरेको थियो भने अन्तिम खेलमा चितवनलाई २–१ ले हराएको थियो । धनगढीसँग आफ्नो दोश्रो खेलमा पराजित भएपछि पोखरासँग पनि बराबरीमा रोक्किएपछि काठमाडौं बुटवल लुम्बिनी एफसीलाई १–० ले पराजित गर्दै प्लेअफको दाबेदारीमा फर्किको थियो ।

यस क्रममा उसका लागि अफ्रिकन खेलाडी मेसुकेको प्रदर्शन प्रमुख रहदै आएको । काठमाडौंले गरेका १० गोलमा पाँच गोल मेसुकेले नै गरेका छन् । यसमा बिराटनगरबिरुद्ध प्रतियोगिताको पहिलो र एक मात्र ह्याट्रिक समावेश छ ।

                  यो पनि पढ्नुहोस् : किरणले नियन्त्रण गुमाए, पेनाल्टी दिए, पेनाल्टी बचाए

मेसुकेले लेफ्ट विङ्गमा उत्कृष्ट प्रदर्शन दिदै आएका छन् । बिराटनगरबिरुद्ध प्रहार गरेको सबै गोल मेसुकेले लेफ्टबाट नै गरेका थिए । यसमा एक फ्रि–किक पनि सामेल छ । मेसुकेलाई रोक्नका लागि धनगढीको डिफेन्सले अतिरिक्त दवाब झेल्नु पर्ने हुन सक्छ ।

दिनेश राजबंशीको नेतृत्वमा रहेको धनगढीको डिफेन्स बलियो छ तर मेसुकेलाई अन्य गोलकिपरबिरुद्ध गरे जस्तो सजिलो अवसर मङ्गलवार हुने छैन ।

मेसुके बाहेक स्टिफन समिर पनि काठमाडौंको अग्रपंक्तिमा प्रमुख खेलाडी रहेका छन् भने सन्जोग राई, तेज तामाङ, बिश्वास श्रेष्ठ, छिरिङ गुरुङबाट पनि बिशेष अपेक्षा रहेका छन् ।

धनगढीको लागि किरण छन् भने काठमाडौंका लागि नेपाल नम्बर २ बिकेश कुथु फर्कने छन् । दुवै गोलकिपरले प्रतियोगितामा एक–एक पेनाल्टी बचाइसकेका छन् । क्वालिफायरमा आफ्नो स्थान पक्का गरिसक्दा काठमाडौंले अन्तिम खेलमा बिकेशलाई बिश्राम दिएको थियो ।

काठमाडौंका लागि मेसुकेले प्ररेणादायी प्रदर्शन गर्दै गर्दा धनगढीका लागि पनि उसका बिदेशी खेलाडी ओलावाले ओलादिपोको प्रदर्शन उच्च रहदै आएको छ । ओलावाले धनगढीको संकटमोचकको रुपमा रहदै आएका छन् ।

काठमाडौंलाई तीन गोलले पराजित गर्दा ओलावालेले नै दुई गोल गरेका थिए । उनले प्रतियोगितामा कुल चार गोल गरिसकेका छन् । ओलावालको प्रदर्शन बिपक्षी पोस्टमा बिशेष रहदै आएको छ । उनले बिरलै पाएका अवसरहरु खेर फालेका छन् ।

बिशाल राईको नेतृत्वमा रहेको धनगढीको मिडफिल्डले ओलावालेलाई चाहे अनुरुपको साथ दिन आवश्यक छ । पोखराबिरुद्धको खेलमा आधा घण्टापछि नै चोटका कारण बाहिरिएका ओलावाले अन्तिम लिग खेलमाबुटवल लुम्बिनी एफसीबिरुद्ध खेलेनन् । उनको पुनरागमन टोलीको लागि महत्वपूर्ण हुनेछ ।

Click to comment

Trending