Headline

प्रिमियर लिगमा आएकै सिजन बहिरियो फुलह्याम

Published

on

बर्नलीसँग मंगलबार भएको खेलमा २-० ले पराजित हुँदै इङ्लिस क्लब फुलह्याम प्रिमियर लिगबाट घटुवा भएको छ । फुलह्याम यही सिजन मात्रै च्याम्पियन्स लिग प्लेअफ जित्दै प्रिमियर लिगमा बढुवा भएको थियो ।

बर्ननीलाई जित दिलाउन एस्ली वेष्टवुड र क्रिस वुडले गोल गरेका थिए । फुलह्याम बर्नलीसँग पराजित भएसँगै प्रिमियर लिगमा १९ खेल हारेको छ । त्यस्तै फुलह्यामले ५ खेल मात्रै जितेको छ भने १२ खेलमा बराबरी खेलेको छ ।

अघिल्लो सिजन प्रशिक्षक स्कट पार्करले फुलह्यामलाई निकै नाटकिय रुपमा प्रिमियर लिगमा ल्याएका थिए । यस्तै घटुवा हुने अन्य क्लबहरुमा वेष्ट ब्रोम र सेफिल्ड युनाइटेड रहेका छन् ।

हामी असफल भयौँ

“हामी यस सिजन प्रिमियर लिगमा रहन असफल भएका छौं,” प्रशिक्षक पार्करले भने। “यो सिजन राम्रो थिएन। हामी शिर्ष डिभिजनमा रहन लायक थिएनौं,”

“समग्रमा भन्नु पर्दा हाम्रो खेल केही खसिएको देखिएको छ र यसलाई हामीले सम्हाल्ने छौँ र हामीले प्रयास गर्यौँ, हामीले राम्रो फाइट गर्यौँ हामीले कडा परिश्रम गर्यौं तर हामीलाई अझ गुणस्तर चाहिएको थियो त्यही कारण आज र यस सिजनमा हामीले सजाय पायौं।” पार्करले थपे ।

Click to comment

Trending