Headline

कोरोनाका कारण दुई अन्तर्राष्ट्रिय टोली बनाउने तयारी गर्दै भारत

Published

on

भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले अन्तर्राष्ट्रिय क्रिकेट खेल्नका लागि दुई टोली बनाउने भएको छ । कोरोनाका कारण भारतले यस्तो निर्णय गर्न लागेको हो ।

भारतीय क्रिकेट टोलीले आगामी जुन, जुलाई, अगष्ट र सेप्टेम्बरमा इङ्गयान्ड भ्रमण गर्दैछ । इङ्गल्यान्ड भ्रमणका क्रममा उसले न्युजिल्याण्ड विरुद्ध विश्व टेस्ट च्याम्पियनसिप खेल्ने छ भने इङ्गल्यान्ड विरुद्ध पाँच टेस्टको शृंखला पनि खेल्ने छ ।

उसले जुन १८ मा न्युजिल्याण्डको सामना गर्नेछ भने इङ्गल्यान्ड विरुद्धको टेष्ट श्रृंखलाको पहिलो खेल अगष्ट ४ मा खेल्ने छ ।

तर बोर्डका अध्यक्ष सौरभ गांगुलीले भारतीय टोलीले जुलाईमा श्रीलंका भ्रमण गर्ने जनाएका छन् । कोरोना भाइरसका कारण विश्वभर कडा क्वारेन्टिन नियम लागु हुँदा इङ्गल्यान्ड भ्रमणमा रहेको टोली श्रीलंका आउने सम्भावना न्युन रहेको छ । जसका कारण भारतले आफ्नो दोश्रो टोलीलाई श्रीलंका भ्रमणमा पठाउने छ ।

भारत श्रीलंका भ्रमणमा कप्तान बिराट कोहली, ओपनर रोहित शर्मा, विकेट किपर रिशभ पन्त, तिब्र गतिका बलर जस्प्रित बुम्रा जस्ता खेलाडीहरु बिना नै उत्रने छ । उसका लागि शिखर धवन, हार्दिक पान्ड्या, पृथ्वी श जस्ता खेलाडीहरुले भारतको प्रतिनीधित्व गर्नेछन् ।

भारतले श्रीलंका भ्रमणका क्रममा समान ३–३ एकदिवसीय र ट्वान्टी ट्वान्टी खेल खेल्ने कार्यक्रम रहेको छ । गांगुलीले भारतले श्रीलंका भ्रमण गर्ने जनाए पनि यसको निश्चित मिति भने दिएका छैनन् । तर बिभिन्न संचारमध्यमहरुमा आए अनुसार भारत र श्रीलंका बीचको एकदिवसीय खेल जुलाई १३, १६ र १९ मा खेलिने छ भने ट्वान्टी ट्वान्टी जुलाई २२, २४ र २७ मा खेलिने छ ।

भारतले श्रीलंका पुगे पछि सात दिन क्वारेन्टिनमा बिताउन पर्नेछ । पहिलो तीन दिन होटलको कोठामा नै र बाँकी चार दिन अभ्यास गर्न पाए पनि होटल र अभ्यास स्थल भन्दा अन्त जानका लागि अनुमती हुने छैन ।

Click to comment

Trending