राष्ट्रिय

नेपालका कुशललाई पछि पार्दै बाबरले जिते ‘प्लेयर अफ द मन्थ’ को उपाधि

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल तथा पाकिस्तानका विकेट किपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई पछि पार्दै पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले आईसीसी ‘प्लेयर अफ द मन्थ’ को उपाधि हात पारेका छन् ।

आजमले दक्षिण अफ्रिका विरुद्धको शृंखलामा गरेको प्रदर्शनका आधारमा उपाधि जितेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आज सार्वजनिक गरेको मत परिणाम अनुसार हालै नेपालमा सम्पन्न मलेसिया र नेदरल्यान्ड्स सम्मिलित ट्वान्टी ट्वान्टी शृंखलामा पाँच खेल खेल्दै चार अर्धशतक प्रहार गरेका कुशलले आफ्नो डेब्यु शृंखलामा नै उत्कृस्ट प्रदर्शन गर्दै मनोनयनमा परे पनि जित्न भने सकेनन् । नेपालको तर्फबाट ट्वान्टी ट्वान्टीमा डेब्यु गर्दै लगातार तीन अर्धशतक प्रहार गरेका कुशल डेब्यु गर्ने खेलाडीले लगातार तीन शतक प्रहार गर्ने विश्व किर्तिमान पनि कायम गरेका थिए ।

यस विधाको मनोनयनमा पर्ने खेलाडीहरुको विजेताको घोषणा मतदानका आधारमा गरिएको हो । जसमा ९० प्रतिशत मतदान आईसीसीको प्यानल जसमा पुर्व खेलाडी र पत्रकारहरुले तथा १० प्रतिशत समर्थकहरुको मतदानका रहेको थियो ।

आजमले दक्षिण अफ्रिका विरुद्धको शृंखलामा गरेको प्रदर्शनका आधारमा उपाधि जितेका हुन् ।

Click to comment

Trending