अन्तर्राष्ट्रिय

भारतले इंग्ल्यान्ड विरुद्धको टेस्ट शृंखला ३-२ ले जित्ने द्रविडको भविष्यवाणी

Published

on

भारतीय क्रिकेट टोलीका पुर्व कप्तान राहुल द्रविडले भारतले अगष्ट सेप्टेम्बरमा गर्ने इंग्ल्यान्ड भ्रमणका क्रममा टेस्ट शृंखला ३-२ ले जित्ने भविष्यवाणी गरेका छन् ।

भारतले पछिल्लो समय सन् २००७ मा द्रविडको नै कप्तानीमा टेस्टमा इंग्ल्यान्डलाई उसकै घरेलु मैदानमा माथ दिएको थियो ।

द्रविडले इंग्ल्यान्ड विरुद्धको शृंखलालाई कठिन र हेर्न लायकको संज्ञा दिएका छन् । ‘मेरो विचारमा यस पटक भारतले शृंखला जित्ने राम्रो अवसर छ । भारतले जसरी अष्ट्रेलिया विरुद्धको शृंखलामा उसकै घरेलु मैदानमा जित हात पारेको थियो त्यसले पनि खेलाडीहरुमा आत्मविश्वास बढेको छ । त्यस्तै केहि खेलाडीहरुले यस अघि इंग्ल्यान्डमा खेलेको अनुभव बटुली सकेका छन् जसले गर्दा त्यहाँको अवस्थाका बारेमा पनि जानकार छन् । त्यसैले पनि मेरो विचारमा भारतले शृंखला ३-२ ले जित्ने छ,’ द्रविडले भने ।

‘तर भारतले यस शृंखलालाई सहज रुपमा भने हेर्न सक्ने स्थिती पनि छैन । विशेष गरि उनीहरुको तिब्र गतिका बलरहरु निकै उत्कृस्ट छन्इ त्यस माथि ङ्ग्लिस कन्डीशनमा । उनीहरुसँग खेलाडीहरु धेरै छन् र डरलाग्दो पनि छन् ।’

‘ब्याटिङ तर्फ हेर्ने हो भने उनीहरुको छ सात जना ब्याट्सम्यान निकै राम्रा छन् त्यस मध्य जो रुट विश्वस्तरीय खेलाडी हुन् । त्यस्तै बेन स्टोक्स यस्ता खेलाडी हुन् जसले एकलौटी रुपमा खेललाई आफ्नो पक्ष्यमा पार्न सक्छन् । तर रविचन्द्रन अश्विन उनी विरुद्ध हाबी छन् । अश्विन र स्टोक्स बीचको खेल पनि हेर्न लायक हुनेछ ।’

द्रविडले खेलाडीहरुले घरेलु टोलीको शृंखला अघि लामो समय इंग्ल्यान्डमा समय बिताउने भएका कारण पनि त्यहाँको अवस्थामा आफुलाई कसरी रुपान्तरण गर्दछन् भन्नेले पनि शृंखलामा धेरै फरक पार्ने पनि जनाए ।

भारतीय टोली जुन दुईमा इंग्ल्यान्डको लागि उड्ने छ र उसले जुन १८ मा आयोजना हुने विश्व टेस्ट च्याम्पियनसिपमा न्युजिल्याण्डको सामना गर्नेछ । भारतले इंग्ल्यान्ड विरुद्धको टेष्ट शृंखलाको पहिलो खेल अगष्ट चारमा खेल्ने छ ।

कोरोनाका कारण क्वारेन्टिन नियमका कारण न्युजिल्याण्ड विरुद्धको खेल पछि भारतीय टोली भारत नफर्किएर एक महिना भन्दा इंग्ल्यान्डमा नै बस्ने छ । त्यो नै भारतलाई इंग्ल्यान्डलाई हराउनका ठुलो फाइदा र हतियार हुने पनि द्रविडले बताए ।

‘इंग्ल्यान्ड विरुद्धको शृंखला अघि हामीसँग एक महिना भन्दा बढी समय हुनेछ । मेरो विचारमा कुनै पनि टोलीले अहिले सम्म इंग्ल्यान्डमा नै बसेर उसको विरुद्धको खेलका लागि यती लामो समय अभ्यास गर्ने अवसर पाएको छैन र सायदै यस्तो अवसर फेरी जुट्ला । त्यसैले पनि हाम्रो लागि यो ठुलो लाभ हो ।’

Click to comment

Trending