Headline

नेमारले गोल गरेपनि पिएसजीलाई नराम्रो धक्का

Published

on

ब्राजिलियन स्टार नेमारले गोल गरेपनि पेरिस सेन्ट जर्माइन रेनेससँग १–१ को बराबरीमा रोक्किदा फ्रेञ्च लिग वानको उपाधि रक्षा गर्ने अभियानमा नराम्रो धक्का लागेको छ ।

सिजनमा मात्र दुई खेल बाकी रहेको स्थितिमा पिएसजी शिर्ष स्थानको लिलभन्दा तीन अंकले पछाडी रहेको छ । लिलको ७९ अंक छ । रेइम्सलाई १–० ले हराउदै मोनाको ७४ अंकका साथ तेश्रो स्थानमा उक्लिएको छ ।

लेभिन कुर्जावामाथि फउल भएपछि प्राप्त पेनाल्टीमा गोल गर्दै नेमारले पिएसजीलाई इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।

तर ७० औं मिनेटमा सर्हु गुरास्सीले गोल गर्दै खेललाई बराबरीमा टुँगाएका थिए । ८७ औं प्रेस्नेल किम्पेम्बे रेड कार्ड खादै मैदान बाहिरिएका थिए ।

Click to comment

Trending