Headline

रियल म्याड्रिडले ला लिगा उपाधि जित्ने अवसर खेर फाल्यो

Published

on

बार्सिलोना र एट्लेटिको म्याड्रिडले बराबरी खेलेपछि ला लिगा उपाधि जित्न आएको अवसर खेर फाल्ने क्रममा रियल म्यािड्रड सेभियासँग २–२ को बराबरीमा रोक्किएको छ ।

आइतबार रातिको खेलमा जित हात पारेको खण्डमा रियल सिजनको मात्र तीन खेल बाकी रहेको अवस्थामा शिर्ष स्थानको एट्लेटिकोसँग एक र बार्सिलोनासँग तीन अंकको अग्रता लिने थियो । यो सप्ताहन्तको परिणामपछि एट्लेटिकोले दुई अंकको अग्रतालाई कायमै राख्न सफल भएको छ ।

हारको नजिक पुगेको रियललाई अतिरिक्त समयको चौथो मिनेटमा टोनी क्रुसको कर्नरले जोगाएको थियो । क्रुसको कर्नर डिएगो कार्लोसलाई लागेर गोलमा परिणत भएपछि खेल बराबरीमा टुँगिएको थियो ।

फर्नान्डो रेजेसले २२ औं मिनेटमा सेभियालाई अग्रता दिलाएका थिए । मार्को एसेन्सियोले ६७ औं मिनेटमा रियललाई खेलमा फर्काएका थिए । ७८ औं मिनेटमा इभान राकिटिचले पेनाल्टीमा गोल गर्दा सेभिया एक पटक फेरि खेलमा अग्रता लिन सफल भएको थियो ।

एडर मिलिटाओको ह्याण्डबल भएपछि सेभियाले पेनाल्टी पाएको थियो । युरोपा लिग च्याम्पियन सेभियाले सनसनीपूर्ण जित निकाल्न नजिक भएकै समयमा क्रुसको कर्नरमा आत्मघाती गोल हुन पुगको थियो ।

चौथो स्थानमा रहेको सेभियाको अब भने ला लिगा उपाधि जित्ने लक्ष्य भने धेरै पर गएको छ । ला लिगा शिर्ष स्थानको एट्लेटिकोसँग अझै ६ अंकले पछाडी छ । सेभियाले तर च्याम्पियन्स लिगको टिकट भने काटीसकेको छ ।

आइतबार नै भएका अन्य खेलमा भ्यालेन्सियाले रियल भालाडोलिडलाई ३–० ले हरायो भने सेल्टा भिगोले भिलारियाललाई ४–२ ले पराजित गर्दै आठौं स्थानमा उक्लियो । पुछारमा रहेको आइबारले गेटाफेलाई १–० ले हरायो ।

१५ स्थानमा रहेको गेटाफेसँगै पुछारका ६ क्लब रेलिगेसनको खतरामा रहेका छन् । २९ अंक रहेको आइतबार र गेटाफेबीचको दुरी मात्र पाँच अंकको रहेको छ ।

Click to comment

Trending