Headline

नेपाल सुपर लिगः चितवनबिरुद्ध काठमाडौंलाई २–१ को अग्रता

Published

on

काठमाडौं रेजर्सले नेपाल सुपर लिगको अन्तिम लिग खेलमा एफसी चितवनबिरुद्ध २–१ को अग्रता लिएको छ ।

उच्च लयमा रहेका बिदेशी खेलाडी मेसुके र सन्जोग राइले एक–एक गोल गरेपछि काठमाडौंले २–१ को अग्रता लिएको हो । चितवनका लागि राजिभ लोप्चनले गोल गरेका छन् ।

एक खेल पनि नजित्दै प्रतियोगिताबाट बाहिरिएको चितवन सान्त्वना जितको खोजीमा रहेको छ भने काठमाडौं बिजयी भएको अथवा खेल बराबरी भएको खण्डमा लिग चरण प्रथम स्थानमा सक्काउने छ ।

१६ औं मिनेटमा मेसुकेले काठमाडौंलाई अग्रता दिलाएका थिए । आफ्नै डिफेन्स लाइनबाट आएको लामो बललाई लिदै मेसुकेले दुई चितवन डिफेन्डरलाई पछाडी छोड्दै वान भर्सेस वानमा गोलकिपर रोमान रसाइलीलाई बिट गरेका थिए ।

बिराटनगर सिटी एफसीबिरुद्ध प्रतियोगिताकै पहिलो र एक मात्र ह्याट्रक गरेका मेसुकेको यो नेपाल सुपर लिगमा चौथो गोल हो ।

२० औं मिनेटमा चितवनले मौका गुमायो । जर्ज प्रिन्स कार्की बल लिएर बक्सा भित्र पुग्न सफल भएपनि शट प्रहार गर्न ढिलाई गर्दा चितवनले बराबरी गर्ने मौका गुमायो ।

३३ औं मिनेटमा काठमाडौंले अग्रता दोब्बर पार्यो । बिश्वास श्रेष्ठले दिएको लामो बललाई चितवनको डिफेन्सले क्लियर गर्न चुकेपछि सन्जोगले बक्सबाट राम्रो प्लेस गर्दै गोल गरेका थिए । चितवनले ४० औं मिनेटमा खेलमा फर्किएको थियो ।

शिशिर लेखीले निकालेको बललाई सुनिल श्रेष्ठले डिफेन्सको चुनौतिमा पनि नियन्त्रणमा लिदै गरेको प्रहार काठमाडौंको दोश्रो रोजाइका गोलकिपर दिनेश श्रेष्ठले बचाएपनि रिबाउण्डमा राजिभ लोप्चनले पावरफुल भलिमा सुन्दर गोल गरेका थिए ।

लगत्तै शिशिरकै सुन्दर क्रसमा जर्ज प्रिन्सले बक्स भित्रबाट खराब प्रहार गर्दै अवसर खेर फालेका थिए । ४४ औं मिनेटमा बिश्वासको घुमाउरो फ्रि–किक बारमा लागेर फर्किएको थियो ।

Click to comment

Trending