Headline

बायर्न म्युनिख लगातार ९ पटक बुन्डेसलिगा च्याम्पियन

Published

on

बोरुसिया मोन्चेनग्लाड्ब्याचलाई ६-० ले हराउँदै बायर्न म्युनिखले लगतार ९ पटक जर्मन बुन्डेसलिगाको उपाधि उचाल्ने भएको छ ।

बायर्नको जितमा रोबर्ट लेवानडस्कीले ह्याट्रिक गर्दा थोमस मुलर, लिरोय साने र किङ्स्ले कोमानले एक-एक गोल गरे । लेवानडस्कीले २ ,३४ र ६५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

यस्तै २३ मिनेटमा मुलर, ४४ मा कोमन र ८५ मा सानेले गोल गर्दै बायर्नलाई ६-० को जित दिलाए । लगतार ९ पटक उपाधि जित्ने बायर्न एक मात्र जर्मन टोली हो । बायर्नको यो ३१ औँ बुन्डेसलिगाको उपाधि हो ।

दुई खेल अगवै च्याम्पियन बनेको बायर्नको ३२ खेलबाट ७४ अंक छ । दोस्रो स्थानमा रहेको आरबी लाइपजिगको ६४ अंक छ । शीर्ष दुई टोलीबीच १० अंकको अन्तर रहेको छ ।

२०१३ देखी बायर्न दुई पटक मात्र घरेलु फुटबलमा उपाधि जित्न चुकेको छ ।

Click to comment

Trending