Headline

म्यानचेस्टर सिटी चेल्सीसँग पराजित, लिभरपुल बिजयी

Published

on

चेल्सीलाई हराएको खण्डमा शनिबार नै प्रिमियर लिग जित्न सक्ने सम्भावना भएको म्यानच्स्टर सिटी चुक्न पुग्यो । इतिहाद रङशालामा भएको खेलमा पहिलो अग्रता बनाए पनि सिटी अन्तिम समयको इन्जुरी समयमा आएर खेलमा पराजित हुन पुग्यो ।

सिटीका लागि पहिलो हाफको ४४ औँ मिनेटमा रहिन स्टेर्लिङले गोल गर्दै अग्रता दिलाए । त्यस्को एक मिनेट पछि नै सिटीले पेनाल्टी पायो । गब्रियल जिजुसलाई चेल्सीका मिड्फिल्डर बिल्ली गिल्मोरले लडाए पछि पाएको पेनाल्टीमा सर्जियो अग्वेरो चुक्न पुगे । अग्वेरोको चिप प्रहार चेल्सीका गोलरक्षक एड्वार्ड मेन्डीले सहजै बचाए । पहिलो हाफमै २-० ले अगाडि रहन्व सिटीको लक्ष्य सफल हुन पाएन ।

दोस्रो हाफमा चेल्सीले ६३ औँ मिनेटमा बराबरी गोल फर्कायो । कप्तान सेजार एज्पिलिकुएटाले दिएको पासलाई हकिम जियाचले गोल गरेका थिए । बराबरी पछि लगतार दवाब दिएको चेल्सीका लागि ९० मिनेट पछिको इन्जुरी समयमा गोल भयो । टिमो वर्नरले दिएको पासमा मर्कोस अलोन्सोले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

यस्तै अर्को खेलमा लिभरपुलले साउथह्याम्प्टनलाई २-० ले हरायो । लिभरपुलको जितमा ३० औँ मिनेटमा साडियो मानेले गोल गरे । यस्तै लिभरपुलका लागि अर्को गोल ९० मिनेटमा थियागो अल्कान्टराले गरेक थिए । थियागोको यो पहिलो लिभरपुल कारीयरको गोल हो ।

खेल पछि प्रिमियर लिगको शिर्ष स्थानमा सिटी ८० अंक सहित रहेको छ । दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेड ६७ अंक र तेस्रोमा चेल्सी ६४ अंक सहित रहेको छ । लिभरपुल भने ५७ अंक सहित छैठौँ स्थानमा छ ।

 

Click to comment

Trending