Headline

एट्लेटिको र बार्सिलोना बराबर,फाईदा रियललाई

Published

on

स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिड र बार्सिलोनाले गोलरहित बराबरी खेलेका छन् । बार्सिलोनाको घर क्यम्प नोउमा भएको खेलमा दुवै टोलीको अग्रपङ्ती चल्न सकेनन् ।

पहिलो हाफमा एट्लेटिकोका लागि लुइस स्वारेजले दुई मौकालाई सदुपायोग गर्न सकेनन् । १० औँ मिनेटमा स्वेरज फ्रिकिकमा चुकेका थिए । बार्सिलोनाका गोलरक्षक टेर स्टेगनले सहजै उनको फ्रिकिक बचाउदा एट्लेटिको अग्रता लिना चुक्यो । ३३ औँ मिनेटमा फेरी स्वारेज चुक्न पुगे ।

दोस्रो हाफमा पनि दुवै टोलीले कुनै लोभ लाग्दो मौका बनाए पनि गोल गर्न सकेनन् । ६२ औँ मिनेटमा बार्सिलोनाका इलाक्स मोरिवाले गोल गर्न चुक्दा बार्सिलोना निरह बन्यो । अन्तिम १० मिनेट एट्लेटिकोलाई लगतार दवाबमा राखे पनि बार्सिलोनाले बराबरीमा चित्त बुझाउन पर्‍यो ।

बराबरीपछि शीर्षस्थानमा रहेको एट्लेटिकोको ३५ खेलबाट ७७ अंक रहेको छ । दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाको ७५ अंक रहेको छ । एक खेल कम खेलेको रियल म्याड्रिड ७४ अंक सहित तेस्रो स्थानमा छ ।

मंगलबार हुने खेलमा रियलले सेभियालाई हराउन सके शीर्षस्थानमा उक्लने छ ।

Click to comment

Trending