Headline

बुटवल लुम्बिनी नेपाल सुपर लिगको प्ले अफमा

Published

on

सुमन लामाले एक मात्र निर्णायक गोल गरेपछि बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्ले अफका लागि छनौट भएका छन् ।

८० औं मिनेटमा ओमालाजा करिमले निस्वार्थ भावनामा दिएको पासमा सुमनले गोल गरेपछि बुटवल लुम्बिनी धनगढी एफसीलाई पराजित गर्दै प्ले अफका लागि छनौट भयो ।

बुटवल लुम्बिनीको जितसँगै पोखरा थण्डर्सको प्ले अफ आशा समाप्त हुन पुग्यो । समना ८ अंक रहेको अवस्थामा बुटवल लुम्बिनीले पोखरालाई हेड टु हेडमा पछि पारेको हो । समुह चरणमा बुटवल लुम्बिनीले पोखरालाई २–० ले हराएको थियो ।

प्ले अफको एलिमिनेटरमा अब बुटवल लुब्निीले ललितपुर सिटी एफसीसँग खेल्नेछ । ललिपुरले यसअघि भएको आफ्नो अन्तिम लिग खेलमा बिराटनगर सिटी एफसीलाई ४–० ले पराजित गरेको थियो ।

एलिमिनेटरको बिजेताले धनगढी र काठमौं रेजर्सबीच हुने क्वालिफायरको पराजित टोलीसँग खेल्नेछ । धनगढी र काठमाडौंबीचको बिजेता सिधै फाइनलमा खेल्नेछ ।

धनगढी र काठमाडौंको समान १० अंक छ । काठमाडौंले लिग चरणको अन्तिम खेलमा आइतबार एफसी चितवनसँग खेल्नेछ ।

Click to comment

Trending