Headline

नेपाल सुपर लिगः ललितपुरलाई बिराटनगरबिरुद्ध १–० को अग्रता

Published

on

नेपाल सुपर लिग अन्तर्गत दुवै टोलीले जित्नै पर्ने खेलमा ललितपुर सिटी एफसीले बिराटनर सिटी एफसीबिरुद्ध १–० को अग्रता लिएको छ ।

अञ्जन बिष्टले गोल गरेपछि ललितपुर दिनको पहिलो खेलको पहिलो हाफमा अग्रता लिएको हो । सातौं मिनेटमा ललितपुरले पहिलो मौका गुमायो । मिक्चेन तामाङले ६ यार्ड नजिक ड्रप गरेको फ्रि–किकलाई भिलिम पोसिन्कोभिचले ट्याप गर्न सकेनन् ।

१४ औं मिनेटमा दिवाकर चौधरीको लामो क्रस ललितपुर गोलकिपर अर्पण कार्कीले फुस्काउदा आडेलाजाले टाइट एँगलमा मौका पाएका थिए तर उनले बललाई नियन्त्रणमा राखेर प्रहार गर्न सकेनन् । दुई मिनेटपछि नै बिराटनगरका गोलकिपर किशोर गिरीले नुर्लान जाहिदालाई वान भर्सेस वान स्थितिमा रोकेका थिए ।

३५ औं मिनेटमा लगातार दवाब बनाइरहदा ललितपुरलाई मार्की प्लेयर तथा कप्तान अञ्जन बिष्टलाई अग्रता दिलाएका थिए । कमल श्रेष्ठले प्रहार गरेको फ्रि–किकमा दर्शनीय डाइभिङ सेभ गर्दै कर्नरका लागि पठाएका थिए ।

किशारले कर्नरमा नुर्लानले नजिकैबाट दिएको टचलाई रोकपनि रिबाउण्डमा अञ्जनले साइड भलिमा बललाई केही अगाडी ड्रप गराउदै गोल गरेका थिए ।

Click to comment

Trending