Headline

प्रिमियर लिगमा आज: चेल्सी विरुद्ध खेल्दा सिटीलाई उपाधि पक्का गर्ने मौका

Published

on

प्रिमियर लिगको ३५ औँ चरणको खेलमा शनिबार चार खेलहरु हुँदै छन् । दिनको पहिलो खेलमा लिड्स युनाइटेडले टोटनह्यामको सामना गर्दै छ। नेपाली समय अनुसार साँझ ५:१५ सुरु हुने खेलमा टोटनह्यामको युरोपियन प्रतियोगिता खेल्ने सपना साकार पार्ने यो खेल जित्नै पर्ने छ ।

यस्तै ७:४५ बजेको खेलमा भने रेलिगेसनमा पेरिसकेको सेफिल्ड युनाइटेडले क्रिस्टल प्यालेससँग खेल्ने छ । आजको मुख्य खेल भने म्यानचेस्टर सिटी विरुद्ध चेल्सी हुने छ । लेस्टर सिटी न्युकासल युनाइटेडसँग ४-२ ले पराजित भए पछि तेस्रो स्थानमा उक्लिने मौकाका साथ चेल्सी खेल्दै छ । म्यानचेस्टर सिटीले यो खेल जित्ने हो भने सिटीले उपाधि पक्का गर्ने छ ।

बिहीबार मात्रै यि दुई टोलीले च्याम्पियन्स लिग फाइनलको यात्रा तय गरेका थिए । प्रिमियर लिगको यो खेलका लागि चेल्सीका प्रशिक्षक थोमस टुचेलले आफ्ना मुख्य खेलाडीहरुलाई बिश्राम दिने बताएका छन् । जस्का कारण आज हुने खेलमा चेल्सीका लागि रिइस जेम्स, बिल्ली गिल्मोर, कालुम हड्सन ओडोइ र ट्यामी अब्राहमले खेल्नसक्ने सम्भावना रहेको छ ।

सिटीलाई खेलको केही दबाव नभए पनि उपाधि पक्का गर्ने सक्ने खेल भएका कारण आज जित आवश्यक छ । सिटीका लागि पनि सर्जियो अग्वेरो शुरुवाती ११ मा खेल्न सक्ने छन् ।

यो खेल नेपाली समय अनुसार रातको १०:१५ मा सुरु हुने छ ।

यस्तै मध्यरात १०:१५ मा हुने खेलमा लिभरपुलले साउथह्याम्प्टन विरुद्ध खेल्दै छ ।

Click to comment

Trending