Headline

लेस्टरलाई स्तब्ध पार्दै न्युकासल रेलिगसेनबाट जोगिन मात्र एक अंक टाढा

Published

on

च्याम्पियन्स लिगमा स्थान बनाउन कसरत गरिरहेको लेस्टर सिटीमाथि ४–२ को शान्दार जित हात पार्दै न्युकासल युनाइटेड इङ्गलिस प्रिमियर लिगबाट रेलिगेट हुनबाट जोगिन मात्र एक अंक टाढा रहेको छ ।

७३ औं मिनेटमा ४–० को अग्रता लिएपछि न्युकासलको लागि महत्वपूर्ण जित सुनिश्चित भएको थियो । न्युकासलको जितले लेस्टरको च्याम्पियन्स लिगमा छनोट हुने अभियानमा पनि केही धक्का लागेको छ । ३५ खेलपछि लेस्टर ६३ अंक सहित तेश्रो स्थानमा छ भने एक खेल कम खेलेका चेल्सीको ६१, वेष्ट ह्यामको ५८ र टोटेन्ह्यामको ५६ अंक छ ।

१३ औं स्थानमा रहेको न्युकासलले अब बाँकी रहेका तीन खेलबाट एक अंक मात्र बटुले रेलिसेसन बचाउने छ । रेलिगेसन जोनमा रहेका फुलह्यामको २७ र वेष्टब्रोमको २६ अंक छ । १७ अंक मात्र रहेको सेफिल्ड युनाइटेड भने रेलिगेट भइसकेको छ ।

जो विलकले २२ औं मिनेटमा अग्रता दिलाएपछि अवे मैदानमा न्युकासल पउल डमेटको गोलसँगै पहिलो हाफमा २–० ले अगाडी बढेको थियो । क्यालम विल्सनले त्यसपछि ६५ र ७३ औं मिनेटमा गोल गर्दै लेस्टरलाई लज्जास्पद हार तर्फ धकेलेका थिए ।

मार्क अलब्राइटन र केलेची इनियाचोले दुई गोल त फर्काए तर न्युकासललाई जितबाट रोक्न धेरै ढिलो भइसकेको थियो । यो सिजन लेस्टरले घरेलु मैदानमा व्यहोरेको यो आठौं पराजय थियो ।

लेस्टर भन्दा अगाडी यो सिजन घरमै सबैभन्दा बढी खेल हार्ने टोलीहरुमा सेफिल्ड युनाइटेड (१२) र फुलह्याम (११) रहेका छन् । पछिल्लो पाँच खेलमा मात्र एकमा पराजय व्यहोरेको न्युकासलले १० अंक जोडेको हो ।

Click to comment

Trending