Headline

नाटकीय खेलमा चितवनलाई हराउदै पोखराको प्लेअफ आशा कायम

Published

on

अन्तिम १२ मिनेटको नाटकीय समयमा सनसनीपूर्ण पुनरागमन गर्दै पोखरा थण्डर्सले आफूलाई नेपाल सुपर लिगको प्लेअफको दौडमा कायमै रहेको छ ।

दशरथ रँगशालामा शिशिर लेखीको गोलबाट अग्रता लिएको एफसी चितवनलाई २–१ ले पराजित गर्दै पोखरा प्लेअफको आशा कायम राख्दै तेश्रो स्थानमा उक्लिएको हो । पोखराको जितले हालसम्म एक खेल पनि जित्न नसकेको चितवन बाहिरिएको छ ।

धनगढी एफसी र काठमाडौं रेजर्स समान १० अंक सहित प्ले अफका लागि छनौट भइसकेका छन् भने पोखराले अब अन्य खेलको नतिजा कुर्नु पर्ने हुन्छ । शनिबार हुने दुई खेलले प्ले अफ पुग्ने दुई टोलीको निर्धारण गर्नेछ ।

५ अंक रहेको बुटवल लुम्बिनी एफसीले शिर्ष स्थानको धनगढी एफसलाई पराजित गर्नै पर्ने हुन्छ भने दिनको पहिलो खेलमा बिराटनगर र ललितपुर भिड्ने छन् । ७ अंक रहेको बिराटनगरलाई बराबरी पर्याप्त रहेको छ भने ललितपुरलाई जितबाहेक अन्य कुनै बिकल्प छैन ।

शिशिरले निकै नै सुन्दर गोल गर्दै चितवनलाई प्ले अफमा कायम राखेपनि ८२ औं मिनेटमा गोलकिपर बिशाल सुनार रेड कार्ड खादै मैदानबाट बाहिरिएपछि खेलमा नाटकीय परिवर्तन आएको थियो ।

नवयुग श्रेष्ठलाई रोक्ने क्रममा बाक्स बाहिर निस्कदै हातले प्रहार गरेपछि सिधै रेड कार्ड खादै बिशाल बाहिरिएका थिए । आर्कमा पाएको फ्रि किकमा नवयुगले नयाँ गोलकिपर बिवस चौधरीलाई बिट गर्दै गोल गरेपछि पोखरा खेलमा फर्कियो ।

९३ औं मिनेटमा रफाएल रिम्गागोले चितवनको रक्षापंक्तिमा गल्ति भएपछि नजिकैबाट गोल गर्दै निर्णयक गोल गरेका थिए ।

Click to comment

Trending