Headline

नेपाल सुपर लिगः पोखरा र चितवनबीचको पहिलो हाफ बराबर

Published

on

पोखरा थण्डर्स र एफसी चितवनले नेपाल सुपर लिगमा दुवै टोलीले जित्नै पर्ने खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

प्लेअफको सम्भावनालाई कायमै राख्नका लागि दुवै टोलीलाई स्पष्ट जितको आवश्यकता रहेको छ । पोखरा पाँच अंक सहित अंक तालिकाको छैटौं स्थानमा रहेको छ भने शुक्रबार उसले अन्तिम खेल खेल्दैछ ।

यो सहित दुई खेल खेल्न बाकी रहेको चितवन दुई अंकसाथ पुछारमा रहेको छ । पाँच चरणको समाप्तिपछि धनगढी एफसी र काठमाडौं रेजर्स १० अंक सहित प्ले अफका लागि छनोट भइसकेका छन् भने पोखरासहित बिराटनगर सिटी एफसी (७), ललिपुर सिटी एफसी (६) र बुटवल लुम्बिनी (५) बाँकी रहेका दुई स्थानको दाबेदारीमा रहेका छन् ।

दशरथ रँगशालामा जारी एक मात्र खेलमा दुवै टोली शुरुवाती मिनेटमा केही अवसरहरु बनाउदा चितवनलाई दिप कार्कीले गोल गर्नबाट रोकेका थिए । १५ औं मिनेटमा सुनिल श्रेष्ठले नजिकैबाट प्रहार गरेको अन टार्गेट शटलाई दिपले उत्कृष्ट ढँगले डाइभ गर्दै बचाएका थिए ।

२७ औं मिनेटमा आयुष घलानले पोखराको लागि मौका गुमाए । ६ यार्ड बक्स नजिक पुगेका आयुषले डिफेन्सको प्रेसरमा प्रहार गर्दा उनको शट सेकेण्ड बारबाट बाहिरिएको थियो ।

Click to comment

Trending