राष्ट्रिय

विश्वकप खेल्ने सपनाको सुरुवात गर्दै महिला क्रिकेट टोली

Published

on

विश्वकप खेल्ने सपना बुनेको नेपाली महिला क्रिकेट टोलीले यसको सुरुवात आगामी नोभेम्बरबाट गर्ने भएको छ ।

विश्वकपको सपना साकार पार्ने पहिलो खुड्किलोको रुपमा रहेको विश्वकप छनोट एसियाको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) आज नयाँ मिति सार्वजनिक गरेको छ ।

यस अघि सेप्टेम्बरको अन्तिममा आयोजना हुने भनिएको छनोट खेल कोरोनाका कारण पछि सरेर अब नोभेम्बर २२ देखि २८ सम्म आयोजना हुने भएको छ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने महिला ट्वान्टी ट्वान्टी विश्वकपका लागि आयोजना हुन लागेको एसिया छनोटमा नेपालले आयोजक मलेसियासँगै भुटान, चीन, हंगकंग, कुवेत, म्यानमार र युएईको सामना गर्नेछ ।

यस छनोटमा पहिलो स्थान हात पार्ने टोलीले अर्को बर्ष आयोजना हुने महिला ट्वान्टी ट्वान्टी विश्वकप ग्लोबल छनोटमा आफ्नो स्थान सुरक्षित पार्ने छ । त्यस्तै उक्त ग्लोबल छनोटका शिर्ष दुई टोलीले सन् २०२३ मा आयोजना हुने महिला ट्वान्टी ट्वान्टी विश्वकप छनोट खेल्ने छन् ।

Click to comment

Trending