अन्तर्राष्ट्रिय

कोहली र आनुस्काले कोरोना विरुद्ध लड्न दुई करोड सहयोग गर्ने

Published

on

भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहली र उनकी पत्नी तथा बलिउड नाइका अनुस्का शर्माले कोरोना विरुद्ध लड्नका लागि दुई करोड भारतीय रुपैयाँ सहयोग गरेका छन् ।

कोहली र अनुस्काले युनाइटेड वे टु बेङलुरु एनजीओसँग मिलेर केट्टो नामक प्लाटफर्म मार्फत सात करोड भारतीय रुपैयाँ उठान लागेका हुन् । जसमा उनीहरुले दुई करोड सहयोग गरेका हुन् ।

कोहली र अनुस्काले आफ्नो सामाजिक संजालमा भिडियो सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् र अरुलाई पनि यसमा सहयोग गर्न अपिल गरेका छन् ।

‘पछिल्लो समय भारत कोरोनाका कारण निकै नाजुक स्थितीमा गुज्री रहेको छ । यस प्यान्डेमिकको समयमा जसरी हाम्रो देशले कष्ट बेहोर्दै छ त्यो निकै पिडादायिक छ । हामी यस विषम परिस्थितीमा हाम्रो लागि दिन रात नभनी खट्नेहरु प्रती निकै आभारी छौं,’ कोहलीले भिडियो सन्देसमा भनेका छन् ।

‘उनीहरुलाई हाम्रो साथ चाहिने समय भएको छ । यसका लागि म र अनुस्का मिलेर केट्टो मार्फत सहयोग जुटाउँदै छौं । यसमा सबैलाई सामेल हुन र सहयोग गर्न पनि अपिल गर्दछौं । सानो सहयोगले पनि ठुलो फरक पार्दछ ।’

‘यस दुखद र विषम घडीमा हामी काँधमा काँध मिलाएर हिड्न जरुरी छ । हामी सँगै हिंडेको खण्डमा कोरोना विरुद्धको लडाईमा छिट्टै हामीले जित हात पार्ने छौं ।’

यस अघि कोहलीले आईपीएल टोली रोयल च्यालेन्जर्स बेंगलोरले पनि भारतमा अक्सिजनको अभाब भएका कारण यसका लागि सहयोग गर्ने जनाएका थिए । त्यस्तै कोहलीले कुनै एक खेलका क्रममा बेंगलोरले निलो जर्सी लगाउने र उक्त जर्सी अक्सनमा राख्दै त्यहाँबाट उठेको रकम पनि सहायोग गर्ने जनाएका थिए । तर विभिन्न टोलीका खेलाडी र अन्य सदस्यहरुमा कोरोना संक्रमण भेटिए पछि आईपीएल स्थगित गरिएको छ ।

Click to comment

Trending