Headline

नेपाल सुपर लिग: प्लेअफ सम्भावना जिवितै राख्न चितवन पोखरासँग खेल्दै

Published

on

नेपाल सुपर लिगमा शुक्रबार एफसी चितवनले पोखरा थन्डर्ससँग खेल्दै छ । चितवनले पोखरासँग खेल्दा दुवै टोलीको प्लेअफ सम्भावना पनि कायमै छ ।

आफ्नो पाँचौँ खेल खेल्दै गर्दा चितवनलाई यो खेलमा जितको दावाब छ । पोखरालाई पनि प्लेअफ पुग्नका लागि आजको तीन अंकले निकै मान्य राख्छ ।
यो खेलमा दुवैका लागि गर या मरको स्थिथी हुँदा खेल रोमान्चक हुने आशा गरिएको छ ।

दुई अंक सहित पुछारमा राहेको चितवनले शुक्रबार पोखरालाई हराउने हो भने ६ अंक सहित एक स्थान माथि उक्लने छ भने अन्तिम खेलमा काठमाडौँ रेजर्सको खेलसँगको नतिजाले धेरै फरक पार्ने छ । यस्तै पोखराको यो लिग चरणको अन्तिम खेलको आज जित हात पारेको खण्डमा पोखरा ८ अंक शाहीत तेस्रो स्थानमा उक्लिने छ ।

तेस्रो स्थानमा उक्लिए पनि पोखरालाई प्लेअफका लागि ललितपुर सिटी एफसी र बिराटनगर सिटी एफसीको खेलको नतिजा कुर्नु पर्ने हुनेछ ।

दुवै टोलीको अग्रपङ्तीमा चुक्ने गर्दछन् त्यही कारण पनि यो खेलमा दुवै टोली गोलका लागि खेल्ने छन् । चितवनमा गोरान जेर्कोभिक र जर्ज प्रिन्स कार्कीको जोडीको खेलले निकै फरक पार्ने छ । अघिल्लो खेलमा मोउसालाई मिड्फिल्डमा खेलाएको पोखराले यो खेलमा उनलाई नवयुग श्रेष्ठसँग खेलाउने सम्भावना बलियो छ ।

खेल नेपाली समय अनुसार ५:३० बजे सुरु हुने छ ।

Click to comment

Trending