Headline

इङ्गलिस काउन्टीहरुको आईपिएलका बाँकी खेल आयोजना गर्ने प्रस्ताव

Published

on

इङ्गल्याण्डको काउन्टी क्रिकेट क्लबहरुको समुहले इण्डियन प्रिमियर लिगका बाकी रहेका खेलहरु आयोजना गर्न सकिने सम्भावनाको बिषयलाई लिएर इङ्गल्याण्ड तथा वेल्स क्रिकेट बोर्डलाई पत्र लेखेका छन् ।

निकै सतर्कताका बावजुद आईपिएलको बायो बबलमा कोरोना भाइरसको संक्रमण फैलिएपछि प्रतियोगिता मङ्गलवार स्थगित गरिएको थियो । प्रतियोगिता सम्पन्न गर्नका लागि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले अर्को आयोजना हेरे अथवा नहेरेको बिषयमा केही सार्वजनिक गरेको छैन ।

वारविकसायर, सरे र मरिलबोन क्रिकेट क्लब (लर्डस) लगायतका काउन्टी क्लबहरु आईपिएलका बाँकी खेलहरुको आयोजनामा इच्छुक रहेको क्रिकइन्फाले एक रिपोर्टमा सार्वजनिक गरेको हो ।

लंंकासायरले पनि यसमा सहमति जनाएको तर उनीहरुले ओल्ड ट्राफोर्डलाई आयोजना स्थल बनाउने बिषयलाई लिएर प्रस्ताव भने गरेका छैनन् ।

आईपिएलमा बाँकी रहेका ३१ खेलहरु फेरि आयोजना गरिने हो भने अन्तर्राष्ट्रिय क्यालेन्डरको निकै नै व्यस्त तालिकाको बीच व्यवस्था गर्नु पर्ने हुन्छ । इङ्गल्याण्डले भारतबिरुद्ध सेप्टेम्बर ५ मा पाँच टेस्टको श्रृंखला खेलिसकेपछि बङ्गलादेश र पाकिस्तानको भ्रमण गर्न गइरहेको छ ।

अक्टोबरमा भारतमै ट्वान्टी ट्वान्टी बिश्वकप हुन गइरहेको छ तर उक्त प्रतियोगिता पनि भारतमा कोरोनाले भयावह स्थिति सृजना उत्पन्न हुँदा युएईमा सार्न सकिने भएको छ ।

आईपिएल एक पटक दक्षिण अफ्रिका र गत सिजनमात्रै पनि युएईमा आयोजना भएको थियो ।

Click to comment

Trending