Headline

युरोपा लिग: म्यानचेस्टर युनाइटेड र भिल्लारियल फाइनलमा

Published

on

२०२०/२०२१ को युरोपा लिग फाइनलमा इङ्लिश क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिश क्लब भिल्लारियलले खेल्ने भएका छन् । बिहिबार राती भएको दोस्रो सेमिफाइनलमा भिल्लारियालले आर्सनलसँग गोलरहित बराबरी र युनाइटेड रोमासँग ३-२ ले पराजित भए पनि समग्रमा ५-८ को जित निकल्दै दुवै टोली फाइनल प्रवेश गरेका हुन् ।

भिल्लारियललाई पहिलो लेगमा निकालेको २-१ को जितले दोस्रो लेगमा खासै मेहेनत गर्नु परेन । आर्सनलको अङ्रपङ्तीले धेरै मुभ बनाउन नसक्दा दोस्रो लेगमा भिल्लरियललाई केही फाईदा भयो । भिल्लारियलको यो पहिलो युरोपियन फाइनल हुने छ ।

यस्तै युनाइटेड विरुद्ध रोमाको खेल भने निकै रोमान्चक हुन पुग्यो । रोमाले खेलमा फर्किन निकै मेहेनत गरे पनि अन्तिममा सेमिफाइनलबाट बहिरिन पुग्यो । ३-२ को निकै रोमान्चक खेलमा रोमाका लागि एडेन जेको, ब्रायन किर्स्टेनले गोल गर्दा अर्को गोल भने युनाइटेडका एलेक्स टेल्लेसले अत्मघातिक गोल गरेका थिए । युनाइटेडका लागि एडिसन कभानीले दुई गोल गरेका थिए ।

भिल्लारियल र युनाइटेडले मे २९ मा फाइनल खेल्ने छन् । पोल्यान्डको गडान्क्स रङशालामा हुने खेलमा सिमित दर्शकले प्रवेश पाउने छन् ।

 

Click to comment

Trending