Headline

काठमाडौंको सनसनीपूर्ण पुनरागमन, पाँच मिनेटमा तीन गोल

Published

on

पाँच मिनेटको अन्तरमा तीन गोल गर्दै काठमाडौं रेजर्सले नेपाल सुपर लिगकै रोमाञ्चक खेलको पहिलो हाफमा ३–२ को अग्रता लिएको छ ।

दशरथ रँगशालामा आडेलाजा र पेद्रो मान्जीको गोलबाट ३४ मिनेटमा २–० को अग्रता लिएको थियो । तर काठमाडौं त्यसपछि पाँच मिनेटमा तीन गोल गर्दै सनसनीपूर्ण पुनरागमन गर्यो ।

३५ औं मिनेटमा दायाँबाट बल लिदै गएका मेसुरकेले टाइट एँगलबाट गोल गर्दै काठमाडौंलाई खेलमा फर्काएका थिए । लगत्तै उनले त्यही स्थानबाट चिप गर्दै निकालेको क्रस सिधै गोल भएको थियो ।

स्टेफन समिरले ४० औं मिनेटमा दायाँतर्फ पेनाल्टी बक्सबाहिर पाएको फ्रि–किकमा उत्कृष्ट गोल गरेका थिए ।

खेलको पहिलो आधा घण्टामा आफ्नो प्रभाव जमाएको बिराटनगरले छैटौं मिनेटमै अग्रता लिएको थियो ।

सुनिल बलको छोटो फ्रि–किकमा बनेको मुभमा रञ्जित धिमालको उत्कृष्ट साइड भलि पासलाई पढ्दै आडिलाजाले राम्रो दौड लगाउदै अगाडी बढेका काठमाडौं गोलकिपर बिकेश कुथुको खुट्टाको बीचबाट बल छिराउदै पहिलो टचमै गोल गरेका थिए ।

२५ औं मिनेटमा काउन्टर अट्याक मुभमा सुनिलले अर्को तर्फ अनमार्क रहेका पेद्रो मान्जीलाई नदिदै आफैले गरेको कडा प्रहारलाई बिकेशले बचाएका थिए ।

३४ औं मिनेटमा अफसाइड ट्रयाप बिट गर्दै काठमाडौं कप्तान तथा गोलकिपर बिकेशलाई छक्याउदै अग्रता दोब्बर पारेका थिए ।

Click to comment

Trending