Headline

नेपाल सुपर लिग: नुर्लानको गोलमा ललितपुरको पहिलो जित

Published

on

विदेशी खेलाडी नुर्लान जाहिदको एक मात्र गोलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई १-० ले हराएको छ । ललितपुरको सुपर लिगमा पहिलो जित हो ।

ललितपुरले खेलको पाँचौँ मिनेटमै गोल गरेको थियो । कमल श्रेष्ठले प्रहार गरेको कर्नरलाई निरज बस्नेतले ओभरहेड किक गर्दै मिलाएको बललाई विदेशी खेलाडी नुर्लान जाहिदले हेडिङ गर्दै गोल गरेका थिए ।

त्यस पछि १५ औँ मिनेटमा बुटवलले खेलको पहिलो मुभ बनायो । आशिष लामाको क्रसलाई लक्ष्मन रुचालले दिशा दिन नसक्दा बुटवलले बराबरी गोल गर्ने मौका गुमायो । ३० औँ मिनेटमा ललितपुरले बनाएको मुभमा अन्जन बिष्ट चुक्न पुगे । नुर्लानले दिएको क्रसमा अन्जनले गरेको हेड बहिरिन पुगेको थियो ।

पहिलो हाफमा ललितपुरले बुटवललाई निकै दवाबमा राख्यो । दोस्रो हाफमा पनि बुटवलको अग्रपङ्ती खासै चल्न सकेन । लगतारको मुभहरु बिफल हुँदा बुटवल दोस्रो हाफमा एक सट पनि फ्रेममा राख्न सकेन ।

पहिलो जितसँगै ललितपुर ६ अंक सहित चौँथो स्थानमा पुगेको छ । बुटवल भने एक स्थान तल झर्दै पाँचौँ स्थानमा पुगेको छ ।

Click to comment

Trending