Headline

नेपाल सुपर लिग: बुटवल विरुद्ध ललितपुर, काठमाडौँ र बिराटनगर खेल्दा दुवैको आँखा प्लेअफ

Published

on

नेपाल सुपर लिगमा बिहीबार दुई खेल हुँदै छन् । प्रतियोगिताको पाँचौँ चरण सुरु भएको अवस्थामा आज हुने पहिलो खेलमा बुटवल लुम्बिनी एफसीले ३ अंक सहित सातौँ स्थानमा रहेको ललितपुर सिटी एफसीसँग खेल्दै छ ।

यस्तै दोस्रो खेल भने अझै रोमान्चक हुने छ । बिराटनगर सिटी एफसी र काठमाडौँ रेजर्स दुवैको समान सात अंक भएको अवस्थामा खेलमा जसले बाजी मार्ने छ त्यो प्लेअफका लागि छनोट हुने छ ।

ललितपुरलाई बुटवलको सामना गर्न चुनौती धेरै छ । कमजोर अग्रपङ्ती र फितलो फिनिसिङका कारण लगतार खेल गुमाउदै आएको ललितपुरले दुईमा दुई खेल जित्ने हो हने गणितिय हिसाबमा अझै मौका बाँकी हुने छ ।

पोखरा थन्डर्स विरुद्धको खेल पछि प्रशिक्षक प्रदिप हुँमागाँईलाई बर्खास्त गरेको ललितपुरले राजु तमाङलाई उक्त जिमेवारी दिएको छ । ललितपुरले बुटवललाई हराएमा उ चौँथो स्थानमा उक्लिने छ । बुटवल बिजयी भएको खण्डमा उसका लागि प्लेअफ अझै नजिक हुने छ । बुटवलले घाइते खेलाडी अमिर श्रेष्ठको स्थानमा आईकोनिक खेलाडी अभिषेक रिजाललाई भित्र्याएको छ ।

यो खेल नेपाली समय अनुसार २:३० बजे सुरु हुने छ ।

यस्तै अर्को खेलमा भने राणानैतीक रुपमा बलियो बिराटनगर सिटी एफसीले काठमाडौँ रेजर्स विरुद्ध खेल्दै छ । यो खेलका लागि पछिल्लो दुई खेलमा दुई गोल गरेका पेन्द्रो मान्जी हेर्न लायक खेलाडी हुने छन् ।

काठमाडौँ रेजर्सका लागि गोल नहुनु मुख्य समस्या हो । चार खेलमा तीन गोल मात्र गरेको काठमाडौँले आजको खेलमा भने फिनिसिङ सुधार्नु पर्ने हुन्छ ।

Click to comment

Trending