Headline

युरोपा लिग सेमिफाइनल: आर्सनलको आश जिवितै, युनाइटेड रोमासँग खेल्दै

Published

on

युरोपा लिग अन्तर्गत अन्तर्गत बिहीबार दोस्रो लेगको सेमिफाइनल खेलहरु हुँदै छन् । एकै समयमा सुरु हुने दुई खेलमा इङ्लिश क्लब आर्सनलले स्पेनिश क्लब भिल्लरियालको सामना गर्दै छ । अर्को खेलमा भने म्यानचेस्टर युनाइटेडले एएस रोमाको सामना गर्दा उस्लाई पहिलो लेगको गोल काफी छ।

पहिलो लेगको अवे खेलमा २-१ ले पराजित भएको आर्सनललाई घरमा हुने दोस्रो लेगको खेलमा आशा जिवितै छ । आर्सनलका लागि केही खेलहरुमा बेन्चमा देखिएका पिएरे एम्रेक औबामुयाङलाई प्रशिक्षक मिकेल आर्टेटाले यो खेलका लागि उतार्न सक्ने छन् । भिलारियालका किर्तीमानी युरोपा लिग बिजेता प्रशिक्षक उनाई इम्रेका लागि यो खेल ले उतिकै महत्व राख्छ ।

आफ्नो खेलाडीले क्लबका लागि यो ९० मिनेट निकै राम्रो खेल देखाउने इम्रेले बताएका छन् । आर्सनलका लागि गोल नभैरहेको अवस्थामा आर्टेटाले अग्रपङ्तीका तीन जनामा अझै पनि विश्वास भएको बताएका छन् ।

यस्तै युनाइटेडलाई भने दोस्रो लेग केही सहज छ । पहिलो लेगमा ६-२ को आरामदायी जित निकालेको युनाइटेडले फाइनलमा एउटा खुट्टा रखिसकेको छ । युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्सायर पनि आफ्नो प्रशिक्षक जीवनको ईतिहासमा पहिलो पटक फाइनल खेल्ने लक्ष्यमा हुने छन् ।

युनाइटेडले दोस्रो लेग भने रोमाको घरमा खेल्दै छ ।  युनाइटेड फाइनल पुगेको खण्डमा २०१७ पछि पहिलो पटक फाइनल खेल्ने छ ।

दुवै खेल नेपाली समय अनुसार मध्यराती १२:४५ बजे सुरु हुने छ ।

Click to comment

Trending