अन्तर्राष्ट्रिय

रियल म्याड्रिडलाई हराउँदै चेल्सी ९ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा

Published

on

च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको दोस्रो लेगमा १३ औँ पटकको किर्तीमानी बिजेता रियल म्याड्रिडलाई २-० ले पखा लगाउदै चेल्सी ९ वर्ष पछि फाइनलमा पुगेको छ । पहिलो लेग १-१ को बराबरी खेले पनि चेल्सी समग्रमा ३-१ ले पराजित गर्दै चेल्सीले फाइनल प्रवेश गरेको हो ।

चेल्सीका लागि टिमो वर्नर र मेसन माउन्टले गोल गरेका थिए । चेल्सीका लागि वर्नरले २८ औँ मिनेटमा काई ह्वाभर्ट्जले गरेको चिप क्रसबारमा ठोकिदै आएको बललाई हेडिङ गर्दै गोल गरेका थिए ।

यस्तै माउन्टले भने ८५ औँ मिनेटमा क्रिश्चियन पुलीसीचको पासमा गोल गर्दै चेल्सीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याए । चेल्सीले अन्तिम पटक २०११-२०१२ को सिजन फाइनल खेलेको थियो ।

त्यस अघी म्याड्रिडले पहिलो हाफमा दुई राम्रो मौका पाएको थियो । २६ औँ मिनेटमा रियलका लागि कारीम बेन्जेमाले गरेको प्रहारलाई चेल्सीका गोलरक्षक एड्वार्ड मेन्डीले उत्कृष्ट बचाउ गरेका थिए । यस्तै मेन्डीले ३५ औँ मिनेटमा अर्को उत्कृष्ट सेभ गरे । टोनी क्रुजले मिलाएको बललाई बेन्जेमाले हेडिङ गरेको बललाई उनले अर्को लोभ लाग्दो बचाउ गरे ।

चेल्सीका लागि पहिलो हाफको ३८ औँ मिनेटमा मेसन माउन्टले बनाएको मुभ फलदायी हुन सकेन । दोस्रो हाफमा रियल म्याड्रिडले चेल्सीलाई दवाब दिन नसक्दै निरह देखिएको थियो ।

चेल्सीले मे २९ मा इङ्लिश क्लब म्यानचेस्टर सिटीसँग टर्कीको इस्तानबुलमा फाइनल खेल्ने छ ।

 

Click to comment

Trending