Headline

सेकुवा पार्टी दिएपछि मेस्सीमाथि अनुसन्धान

Published

on

बार्सिलोना तथा अर्जेन्टाइन सुपरस्टार लियोनल मेस्सीले दिएको बार्बिक्यु (सेकुवा) पार्टी अनुसन्धानको दायरामा आएको छ ।

स्पेनिस मिडियाका अनुसार मेस्सीले बार्सिलोना टिमका साथीहरु र उनका श्रीमती र गर्लफ्रेण्डहरुलाई सेकुवा पार्टीमा बोलएपछि कोभिड–१९ को नियम उल्लंघन गरेको भन्दै उनीमाथि अनुसन्धान शुरु भएको हो ।

मेस्सीको सेकुवा पार्टीका दौरान च्याम्पियन भन्ने शब्द प्रयोग गर्दै हो हल्ला शुरु भएपछि छिमेकीहरुले प्रहरीमा उजुरी दिएका थिए । छिमेकीहरुलाई यो पार्टीको हल्ला मेस्सीको क्यास्टेलडिफेल्समा रहेको क्घरबाट भइरहेको स्पष्ट ज्ञान थियो ।

बार्सिलोनाले भने कोरोना भाइरसको कुनै पनि नियम उल्लंघन भएको नकारेको छ । बार्सिलोना टिमले बार्बिक्यु पार्टी घरबाट बाहिर भौतिक र सामाजिक दुरी अनुसार नै भएको बताउदै आएको छ ।

मेस्सीमाथिको आरोप ला लिगा र स्पेनको स्वास्थ्य मन्त्रालयले गरिरहेको छ । ला लिगाले ६ जना भन्दा बढीको समुहमा बन्देज लगाउदै आएको छ । यदि मेस्सी माथिको आरोप सहि भएमा बार्सिलोना अथवा मेस्सीमाथि नै कस्तो सजाय हुने स्पष्ट भने छैन ।

च्याम्पियन्स लिगबाट बाहिरिसकेको बार्सिलोनाले ला लिगाको आफ्नो पछिल्लो खेलमा भ्यालेन्सिायालाई ३–२ ले पराजित गरेको थियो । यस क्रममा मेस्सीले दुई गोल गरेका थिए ।

मेस्सी ला लिगामा २८ गोलसहित ला लिगाको सर्वाधिक गोलकर्ताको शिर्ष स्थानमा रियल म्याड्रिडका करिम बेन्जेमा भन्दा ७ गोलले अगाडी रहेका छन् । बार्सिलोना ला लिगामा तेश्रो स्थानमा छ ।

Click to comment

Trending