Headline

दर्शन गुरुङको उत्कृष्ट गोलपछि धनगढी नेपाल सुपर लिगको प्ले अफमा

Published

on

ओलादिपो ओलावाले अफिजको स्थानमा आएका दर्शन गुरुङले नेपाल सुपर लिगकै उत्कृष्ट मध्येको एक गोल गरेपछि धनगढी एफसीले प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

दशरथ रँगशालामा प्रमुख स्ट्राइकर तथा प्रतियोगिताका सर्वाधिक गोलकर्ता ओलादिपो ओलावाले अफिजलाई आधा घण्टापछि नै गुमाएको धनगढीलाई दर्शनले सनसनीपूर्ण गोल गर्दै जित दिलाएका थिए ।

जितपछि धनगढीले पाँच खेलपछि १० अंक भएको छ भने शिर्ष चारमा आफ्नो स्थान पक्का गरेको छ । पोखराको पाँच खेलपछि पाँच अंक रहेको छ भने प्ले अफका लागि उसको यात्रा अझै कठिन बनेको छ ।
दोश्रो स्थानमा झरेको बिराटनगर र तेश्रो स्थानमा रहेको काठमाडौं रेजर्सको चार खेलबाट समान ७ अंक रहेको छ । धनगढीले आफ्नो अन्तिम खेल बुटवल लुम्बिनीसँग खेल्नेछ ।

खेलमा दर्शनको गोल उत्कृष्ट रह्यो । उनले दोश्रो हाफमा बनेको पहिलो अवसरमा पोखरा गोलकिपर दिप कार्कीलाई प्रहार गरे तर अर्को पटक भने अनपेक्षित गोलमा सफल रहे । एक मिनेट भित्रै पोखराको डिफेन्सबाट क्लियर भएको बललाई झण्डै ३५ यार्डबाट हाफ भली प्रहार गर्दै लिगकै उत्कृष्ट गोल प्रहार गरेका थिए ।

दिप केही अगाडी बढेको प्रहारमा दर्शनको प्रहार उचाई लिदै झर्दा पोखरा गोलकिपरले ठम्याउनै सकेनन् ।

धनगढी दावेदार रहदा पहिलो अवसर उसले नै सृजना गरेको थियो । २२ औं मिनेटमा बिशाल राइले प्रहार गरेको फ्रि–किकमा तीन पोखरा डिफेन्डरहरुले बल क्लियर गर्न नसक्दा ओलावालेले ६ यार्ड बाहिरबाटै गोलको मौका पाए तर उनको प्रहार डिफ्लेक्ट भएर गएको थियो ।

चार मिनेटपछि धनगढीलाई किरण चेम्जोङले गोल खानबाट बचाए । आयुष घलानको राम्रो पासमा मौसाले बल लिएर बक्स भित्रबाट ओपन चान्समा गरेको प्रहार किरणले रोके भने रिबाउण्डमा बल रवि पासवानतर्फ जाँदा उनको शट बाहिरिएको थियो ।

४० औं मिनेटमा मौसाको फ्रि किकमा प्राप्त अवसरमा रविले पहिलो टचमा प्रहार गर्न चुकेका थिए । नवयुगले पोस्ट नजिकै बल पाँउदा पनि अशोक खवासले डिफेन्ड गरिदिएका थिए । कर्नरमा किरणले केही राम्रो निर्णय गर्दै संकट टारेका थिए ।

७३ औं मिनेटमा पोखराले बराबरी गर्ने सुनौलो अवसर गुमायो । प्रहार गरेको कर्नर रफाएल रिम्गागोले हेडरमार्फत ६ यार्ड भित्र खेलाउदै सौजन राईले क्लियर गर्न नसक्दा अनिल गुरुङले पाए र तर उनको प्रहार दिनेश राजबंशीले छेक्दै कर्नरका लागि पठाएका थिए ।

९२ औं मिनेटमा रिम्गागोको लामो बलमा नवयुगको हेडरलाइए किरणले मुक्सिलले बचाएका थिए ।

Click to comment

Trending