Headline

नेपाल सुपर लिगः धनगढीलाई झड्का, पोखराबिरुद्ध पहिलो हाफमै ओलावाले बाहिरिए

Published

on

नेपाल सुपर लिग अन्तर्गत पोखरा थण्डर्सबिरुद्धको महत्वपूर्ण खेलमा धनगढी एफसीले आफ्नो प्रमुख खेलाडी ओलावाले ओलादिपो अफिजलाई गुमाएको छ ।

दशरथ रँगशालामा जारी एक मात्र खेलमा दुवै टोलीबीचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा अफिज आधा घणटापछि नै बाहिरिएका छन् । उनको स्थान दर्शन गुरुङले लिएका थिए । अफिज बाहिरिएसँगै पोखरालाई निरन्तर दवाब बनाउने मौका मिलेको छ ।

२२ औं मिनेटमा धनगढीले पहिलो अवसर बनायो । बिशाल राइले प्रहार गरेको फ्रि–किकमा तीन पोखरा डिफेन्डरहरुले बल क्लियर गर्न नसक्दा ओलावालेले ६ यार्ड बाहिरबाटै गोलको मौका पाए तर उनको प्रहार डिफ्लेक्ट भएर गएको थियो । कर्नरमा धनगढीले खतरा मुभ बनाउन सकेन ।

चार मिनेटपछि धनगढीलाई किरण चेम्जोङले गोल खानबाट बचाए । आयुष घलानको राम्रो पासमा मौसाले बल लिएर बक्स भित्रबाट ओपन चान्समा गरेको प्रहार किरणले रोके भने रिबाउण्डमा बल रवि पासवानतर्फ जाँदा उनको शट बाहिरिएको थियो ।

४० औं मिनेटमा मौसाको फ्रि किकमा प्राप्त अवसरमा रविले पहिलो टचमा प्रहार गर्न चुकेका थिए । नवयुगले पोस्ट नजिकै बल पाँउदा पनि अशोक खवासले डिफेन्ड गरिदिएका थिए । कर्नरमा किरणले केही राम्रो निर्णय गर्दै संकट टारेका थिए ।

खेलमा जित हात पार्ने हो भने धनगढीको प्लेअफमा प्रवेश पक्का हुनेछ भने पोखरालाई जितको आवश्यकता रहेको छ ।

Click to comment

Trending