Headline

ग्वार्डियोलाको सफलता, चट्टान जस्ता डियास र एमबाप्पेको चोट

Published

on

रियाद माह्रेजले गोल गरेपछि म्यानचेस्टर सिटी पेरिस सेन्ट जर्माइनलाई पराजित गर्दै इतिहासमै पहिलो पटक च्याम्पियन्स लिग फाइनल प्रवेश गर्यो । सेमिफाइनलको दोश्रो लेग २–० ले जितेको सिटीले समग्रमा ४–१ को जित हात पारेको हो ।

फाइनलमा सिटीले अब उपाधिका लागि चेल्सी र रियल म्याड्रिडबीचको दोश्रो सेमिफाइनलको बिजेतासँग खेल्नेछ । स्ट्यामफोर्ड ब्रिजमा चेल्सीले रियललाई स्वागत गर्दा उसँग अवे गोलको फाइदा हुनेछ ।

इतिहाद स्टेडियममा मङ्गलवार राति सिटी र पिएसजीबीचको खेलपछिका मुख्य कुराहरु के–के छन् तः

ग्वार्डियोलाको सफलता

गत सिजनको क्वार्टर–फाइनलमा फ्रेञ्च क्लब लियोनसँग स्तब्ध बन्दै बाहिरिएपछि व्यवस्थापक पेप ग्वार्डियोला रणनैतिक रुपमा असफल भएको भन्दै कडा आलोचना खेप्न बाध्य भएका थिए । तर उनको त्यही रणनैतिक योजना पिएसजीबिरुद्ध सफल भएपछि त्यो आलोचनाबाट अब भने छुटकारा पाउन सफल भएका छन् ।

पहिलो लेगमा अग्रता पाएपछि घरेलु खेलमा पिएसजीलाई खेलमा फर्किन दिनै नसक्ने गरि योजना बनाउनु पर्ने दवाबमा ग्वार्डियोला थिए ।

ग्वार्डियोला आफु लियोनल मेस्सीको अनुपस्थितिमा पनि उपाधि दिलाउन सक्ने साबित गर्नका लागि लाइन–अपमा घरि घरि अनावश्यक परिवर्तन ल्याएको कारण यसअघिका च्याम्पियन्स लिगको नकआउट चरणहरुमा असफल भएका थिए ।

तर यसपटक भने उनले सहि औषधि भेट्टाएका थिए । काउन्टर अट्याक रणनीति अपनाउदै उनले पिएसजीको जसरी पनि खेल जित्नै पर्ने आक्रमक आवश्यकताको फाइदा उठाउन सफल भएका थिए । गोलकिपर एडर्सनले निकालेको लामो पासमा माह्रेजले पहिलो गोल गर्दा पिएसजी आक्रमणका लागि अगाडी बढ्दै डिफेन्समा फितलो बनेको थियो ।

“हामी यो खेल अन्य खेल सरह नै लिनेछौं,” ग्वार्डियोलाले दोश्रो लेग खेल्नु अघि भनेका थिए । तर उनलाई थाहा छ यसअघि सिटीका लागि उनले सम्हाल्न गइरहेको २ सय ८९ औं खेल अन्य खेल भन्दा फरक हुने थियो ।

ग्वार्डियोलाले पछिल्लो पटक च्याम्पियन्स लिग उपाधि २०११ मा बार्सिलोनाका लागि रहेको थियो । उनले दोश्रो पटक त्यो उपाधि जितेका थिए । त्यसयता उनी एक फाइनलमा पनि पुगेका थिएनन् । अब भने उनी प्रिमियर लिग, लिग कप र च्याम्पियन्स लिग जित्दै युरोपियन फुटबल ट्रेबल जित्नबाट निकै नजिक छन् ।

चट्टान जस्ता डियास

गत सिजन बेन्फिकाबाट सिटी आए यता रुबेन डियासले राम्रो प्रभाव जमाएका छन् । मङ्गलवार पिएसजीबिरुद्ध पोर्चुगिज सेन्टर ब्याकले करिअरकै उत्कृष्ट प्रदर्श दिएका थिए ।

२०१९ मा भिन्सेन्ट कोम्पानीले छोडेपछि रिक्त रहेको स्थान पुर्ति गर्न असफल भएको सिटी अब भने पुर्व बेल्जियन कप्तानको सही उत्तराधिकारी पाउन सफल देखिएको छ ।

पिएसजी सेमिफाइनलमा फर्कन व्यग्र भइरहदा डियासले लगातार ब्लक गर्नुका साथै र बल खोस्दै चट्टान जसरी उभिएका थिए । दुई पटक उनले केही नसोचेरै आफ्नो जिउको प्रयोग गर्दै खतरा टारेका थिए । तर २३ बर्षिय डियासको मुख्य पल भने ६२ औं मिनेटमा रह्यो ।

एन्डर हेरेरालाई प्रहार गरेको सशक्त हाफ भलिले एडर्सनलाई संकटमा पार्ने निश्चित थियो तर डियासले बल आफ्नो मुखले रोकिदिए । डियास बाहेक ओलेक्सेण्डर जिन्चेन्कोले पनि रक्षपंक्तिमा उत्कृष्ट प्रदर्शन दिएका थिए ।

एमबाप्पेको चोटको मुल्य

किलियन एमबाप्पे टिम बेञ्चमा निराश भएर बस्दै गर्दाको दृश्य फ्रान्स स्टार र उनको टिमको हविगतलाई बयान गर्दै थियो । पिँडुलामा चोट बोकेपछि एमबाप्पे शुरुवात गर्नको लागि फिट थिएनन् र उनलाई प्रशिक्षक माउरिसियो पोचेटिनोले खेल भरि प्रयोगमा ल्याएनन् ।

ब्राजिल स्टार नेमारले पोचेटिनो पिएसजी आएपछि २२ बर्षिय एमबाप्पे अनुपस्थित रहेका यसअघिका खेलहरुमा सम्पूर्ण जिम्मेवारी काँधमा बोक्दै आएका थिए । यस क्रममा एमबाप्पे अनुपस्थित रहदाका पाँच खेलहरु जितेको थियो ।

तर सिटीको अत्यन्तै संगठित रक्षापंक्तिे मङ्गलवार नेमारलाई बाधेर राखिदियो । माउरो इकार्डिले एमबाप्पेको स्थान लिएपनि बिश्वकप बिजेता स्ट्राइकर जसरी खतरा बन्न सकेनन् ।

पिएसजीले यो सिजन म्यानचेस्टर युनाइटेडमा तीन, बार्सिलोनामा चार र बायर्न म्युनिखमा तीन गोल गरेको थियो । ती १० मध्ये पाँच गोल एमबाप्पेकै नाममा थियो र यो सिजन ४३ खेलमा ३७ गोल गरिसकेका एमबाप्पे इतिहादमा नहुँदा पिएसजीले चुनौति दिने सम्भावना पहिलो नै निकै कम थियो ।

Click to comment

Trending