Headline

च्याम्पियन्स लिग: अवे गोलको फाईदाका साथ रियल म्याड्रिड विरुद्ध खेल्दै चेल्सी

Published

on

पहिलो लेगमा अल्फ्रेडो डि स्टेफ्यानओ रङशालामा १-१ को बराबरी खेलेका चेल्सी र रियल म्याड्रिडले वुधबार स्ट्यामफोर्ड ब्रिजमा दोस्रो लेग खेल्दै छन् ।

क्रिष्चियन पुलीसीचले एक गोल गर्दै चेल्सीलाई अवे गोलको फाईदा दिए पछि दोस्रो लेगमा रियल म्याड्रिड विरुद्ध गोलरहित बराबरी निकाले चेल्सी ६ वर्ष पछि च्याम्पियन्स लिग फाईदा पुग्ने छ ।

च्याम्पियन्स लिगमा चेल्सी र रियल म्याड्रिडको यो दोस्रो खेल हुने छ । १९९८ देखी पहिलो पटक गत अर्पिलमा पहिलो खेल केहेला दुवै टोली एक-अर्का सँग पराजित भएका छैनन् ।

२०१८ पछि पहिलो पटक फाइनल पुग्ने लक्ष्य बनाइरहेको जिनेदिन जिदानको रियल म्याड्रिडलाई रोक्न चेल्सीलाई शाहज भने छैन । रफाइल भराने र ड्यानी कर्भाहाललाई चोटले गुमाइसकेको रियलका लागि सर्जियो रामोसले पनि खेल्ने अथवा नखेल्ने टुङो लाग्न सकेको छैन । रियलका लागि खेल्दै आएका इडेन हजार्ड पनि तीन वर्ष पछि स्ट्यामफोर्ड ब्रिजमा फर्किने छन् ।

रियलका लागि अर्का मिड्फिल्डर फिडे भाल्भर्डे कोरोना भाईरासका कारण पहिलो लेग गुमाए पनि दोस्रो लेगमा खेल्ने सम्भावना छ ।

चेल्सीका लागि भने मटियो कोभाचिचले खेल गुमाउन सक्ने छन् । नाकमा चोट बोकेका डिफेन्डर एन्टोनियो रुडिगर भने प्लास्टिक मास्क सहित मैदान उत्रिने छन् । पहिलो लेगका गोलकर्ता पुलिसीचमा पनि चोटको केही शंका छ ।

चेल्सीका लागि तिमो वर्नरलाई आफ्नो खेल कौशल देखाउने मौका छ । वर्नर लगतार चुक्ने हो भने चेल्सीका लागि निकै बेफाइदा हुने पक्का छ ।

खेल नेपाली समय अनुसार मध्यराती १२:४५ बजे सुरु हुने छ ।

Click to comment

Trending