राष्ट्रिय

कुशल पाकिस्तानका बाबर र फखारसँगै ‘आईसीसी प्लेयर अफ द मन्थ’ को मनोनयनमा

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्लेयर अफ द मन्थको मनोनयनमा परेका छन् ।

आईसीसीले हरेक महिना उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीहरुको सुची सार्वजनिक गर्ने गरेको छ । जस अन्तर्गत कुशल पहिलो पटक यस मनोनयनमा परेका हुन् । कुशल बाहेक यस मनोनयनमा पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम तथा ओपनर फखार जमान पनि रहेका छन् ।

कुशलले हालै नेपालमा मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक शृंखलाका क्रममा पाँच खेल खेल्दै चार अर्धशतक प्रहार गरेका थिए । नेपालको तर्फबाट ट्वान्टी ट्वान्टीमा डेब्यु गर्दै लगातार तीन अर्धशतक प्रहार गरेका कुशल डेब्यु गर्ने खेलाडीले लगातार तीन शतक प्रहार गर्ने विश्व किर्तिमान पनि कायम गरेका थिए ।

यस विधाको विजेताको छनोट आईसीसीले भोटिङ मार्फत गर्नेछ । कुशललाई भोट दिनका लागि तलको लिंक क्लिक गर्नु होला ।

https://www.icc-cricket.com/awards/player-of-the-month/mens-player-of-the-month

 

Click to comment

Trending