Headline

स्पर्सले बर्खास्त गरेका माउरिन्हो दुई हप्तामै क्लब व्यवस्थापनमा फर्किए

Published

on

टोटेन्ह्याम हट्स्परले बर्खास्त गरेको दुई हप्तापछि नै होजे माउरिन्हो क्लब व्यवस्थापानमा फर्किएका छन् । माउरिन्हो इटालियन शिर्ष डिभिजन टोली एएस रोमाको प्रशिक्षक नियुक्त भएका छन् ।

माउरिन्होलाई इङ्गलिस प्रिमियर लिग क्लब स्पर्स मार्च २४ मा बर्खास्त गरेको थियो । माउरिन्होले २०२१–२२ सिजनको नयाँ सिजनदेखि रोमालाई सम्हाल्ने छन् । ५८ बर्षिय पोर्चुगिज माउरिन्होले रामोसँग तीन बर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

“हामी माउरिन्होलाई रोमाको परिवारमा स्वागत गर्न पाउदा निकै उत्साहित छौं,” क्लब अध्यक्ष ड्यान फ्रेडकीन र उपाध्यक्ष रायन फ्रेडकिनले भनेका छन् ।

रोमाले यसअघि नै वर्तमान प्रशिक्षक पाउलो फोन्सेका सिजनको अन्त्यमा क्लब छोड्ने बताएको थियो । माउरिन्हो स्पर्समा व्यवस्थापक नियुक्त भएको १७ महिनामै बर्खास्त गरिएका थिए ।

Click to comment

Trending