Headline

बुटवलबिरुद्ध काठमाडौंलाई अग्रता, बिकेशले पेनाल्टी बचाए

Published

on

नेपाल सुपर लिग अन्तर्गत मङ्गलवार काठमाडौं रेजर्सले शुरुवाती १० मिनेटको रोमाञ्चक प्रतिस्पर्धामा गोल गर्दै बुटवल लुम्बिनी एफसीबिरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ ।

पाचौं मिनेटमै बुटवलले अग्रता लिएको थियो । बुटवलको डिफेन्स फितलो रहदा स्टेफन समिरले सदिनल राइको लामो क्रसमा अफसाइड ट्रयाप बिट गर्दै बक्स भित्र पुगेका थिए । बिशाल श्रेष्ठले अगाडी बढ्न ढिलाई गर्दा समय पाएका समिरले बुटवल लुम्बिनीका गोलकिपरलाई बिट गर्दै गोल गरेका थिए ।

एक मिनेट अघि बिशालले तेज तामाङको क्रसमा स्टेफनको फ्रि हेडरलाई गोललाईनमा समातेका थिए ।

लगत्तै बुटवल लुम्बिनीले पेनाल्टी पायो । सुमन लामालाई बिश्वास श्रेष्ठले लडाएपछि बुटवल लुम्बिनीले पेनाल्टी पाएको थियो । विलियम ओपोकुले प्रहार गरेको पेनाल्टीलाई काठमाडौं गोलकिपर बिकेश कुथुले सही निर्णय गर्दै बायाँतर्फ डाइभ हान्दै बचाएका थिए ।

प्रतियोगितामा यो तेश्रो पेनाल्टी मिस हो । यसअघि अञ्जन बिष्ट र नुर्लान जाहिदले पेनाल्टी मिस गरेका थिए ।

काठमाडौंले दवाब कायम राख्दा १८ औं मिनेटमा बिशाल आफ्नो पोजिसनमा नरहेको स्थितिमा नुरेन करिमले छिरिङ गुरुङको प्रहारलाई छातीले बचाएका थिए ।

पहिलो हाफको अन्तिम समय तिर काठमाडौंले गोल गर्ने दुई सुनौलो अवसर गुमायो । अतिरिक्त समयमा सुदिल राइको पासमा आशिष राइको सशक्त प्रहार बारमा लागेर फर्किएको थियो । त्यसपछि मेसुकेलाई बिशाललाई वान भर्सेस वानको स्थितिमा रोकेका थिए ।

Click to comment

Trending