अन्तर्राष्ट्रिय

आईपीएलको बाँकी सिजन अनिश्चित समयका लागि स्थगित 

Published

on

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चित समयका लागि स्थगित भएको छ । भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले आज सबै फ्रेन्चाइजसँगको सल्लाह पछि यस सिजनको बाँकी खेल हालका लागि स्थगित गर्ने निर्यण लिएको हो ।

भारतमा कोरोनाको संक्रमण दरमा वृद्धि भएसँगै फ्रेन्चाइज टोलीका सदस्यहरुमा पनि कोरोना संक्रमण भए पछि हालको लागि बाँकी खेलहरु स्थगित गरिएको हो । हिजो मात्र पनि कोलकाता नाइट राईडर्सका दुई जना खेलाडीमा संक्रमण देखिए पछि रोयल च्यालेन्जर्स बेंगलोर विरुद्धको खेल पनि स्थगित गरिएको थियो । त्यस्तै दिल्ली क्यापिटल्सका अमित मिश्रा र सनराईजर्स हैदराबादका रिद्दीमन शाहलाई पनि कोरोना संक्रमण देखिए पछि बिसीसीआईले हालको लागि खेल रोकेको हो ।

त्यस्तै चेन्नाई सुपर किंग्सका बलिङ प्रशिक्षक लक्ष्मीपती बालाजी तथा अन्य सपोर्ट स्टाफमा पनि कोरोना संक्रमण भएको थियो ।

कडा नियम तथा बायो-बबलमा बस्दा बस्दै पनि खेलाडीहरुमा कोरोना संक्रमण देखिएको हो ।

हाल भारतमा मात्रै दुई लाख मानिको मृत्यु भइसकेको छ भने दैनिक साढे तीन लाख भन्दा बढि संक्रमित भेटिन थालेका छन् । यो संख्या अझै बढी रहेको हुनसक्ने अनुमान गरिएको छ ।

केही समय अघि मात्र प्रतियोगिताको दौरान अष्ट्रेलियन खेलाडीहरुसँगै अम्मायरहरुले पनि प्रतियोगिता छोड्नुका साथै सिँगो देश संघर्षरत रहदा आईपिएल पनि रद्द गरिनु पर्ने आवाज उठ्न थालेका छन् ।

Click to comment

Trending