Headline

च्याम्पियन्स लिग: सिटी विरुद्धको दोस्रो लेगमा पिएसजीलाई पुनरागमनको मौका

Published

on

पहिलो लेगमा एक गोलको अग्रता जोगाउन नसक्दा इङ्लिश क्लब म्यानचेस्टर सिटीसँग २-१ पराजित भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइनलाई दोस्रो लेगमा भने पुनरागरमनको मौका छ ।

पिएसजीसँग पछिल्लो चार भेटमा एक खेलमा पनि पराजित नभएको सिटीलाई वुधबार हुने खेलमा यो किर्तिमान कायम राख्ने मौका छ । सिटीका लागि स्ट्राइकरको कमी भए पनि यो खेलमा भने पेप गोर्डियोलाले रहिम स्टेर्लिङलाई विश्वास गर्ने देखिन्छ ।

पिएसजीका लागि भने युवा स्टार किलियन एम्बाप्पे खेल्ने नखेल्ने टुङ्गो लाग्न सकेको छैन । उनले लिग वानको खेलमा चोट बोक्न पुगेका थिए । यस्तै पिएसजीका लागि पहिलो खेलमा रातो कार्ड खाएका मिड्फिल्डर इदिरिसा गुयेले भने यो खेल गुमाउने छन् ।

पिएसजीका लागि नेमार निकै भरपर्दा खेलाडी हुनेछन् । लिगमा पनि राम्रो प्रदर्शन गर्न नसकिरहेको पिएसजीलाई सेमिफाइनल जित्नै पर्ने दवाब छ । लगतार दोस्रो सिजन पनि फाइनल खेल्ने हो भने पिएसजीले अवे खेलमा सिटीलाई २-० ले हराउनु पर्ने छ ।

सिटी पनि पेप गोर्डियोलाको कार्यकालमा एक च्याम्पियन्स लिग उपाधि जित्न चाहन्छ । पिएसजीलाई पराजित गर्ने हो भने सिटी आफ्नो ईतिहासमा पहिलो पटक फाइनल पुग्ने छ ।

यो खेल नेपाली समय अनुसार १२:४५ बजे सुरु हुने छ ।

 

Click to comment

Trending