Headline

आफ्नो मुल्य साबित गर्न ढिलाई गर्दै आइरहेका जर्मन वेर्नर

Published

on

गत साताको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा जित हात पार्न नसकेपछि १–१ को बराबरीमा सन्तुष्ट हुन परेको चेल्सीले बुधबार स्ट्यामफोर्ड ब्रिजमा रियल म्याड्रिडलाई स्वागत गर्दैछ ।

किर्तिमानी १३ पटकको युरोपियन च्याम्पियन रियलबिरुद्ध चेल्सीलाई अवे गोलको फाइदा रहेको छ तर दुई स्ट्राइकरको कहानी सोचे अनुरुप नभएको भए बुधबारको पटकथा अर्कै बन्न सक्थ्यो ।

चेल्सीसँगको पहिलो सिजनको कथामा टिमो वेर्नरले सुनौलो मौका खेर फालेका थिए । वेर्नरको प्रहार चेल्सीका पुर्व गोलरक्षक थिबाउ कोर्ट्वाले उत्कृष्ट ढँगले बचाएका थिए । वेर्नरले गोल गर्न चुक्दा वेर्नरका टिममेट थियागो सिल्भाकी पत्नीले समेत आलोचना गरेकी थिइन् ।

“जुन टिममा म गइरहेको हुन्छु त्यहा गोल गर्न चुक्ने स्ट्राइकर हुन्छन् नै,” इजाबेले डा सिल्भाले डिलिट गर्नु पुर्व एक इन्स्टाग्राम पोस्टमा लेखेकी थिइन् ।

त्रिष्चियन पुलिसिचले अग्रता दिलाएका पछि करिम बेन्जेमाले गोल गर्दै रियललाई खेलमा फर्काउदा यो सिजनको २८ औं गोल गर्नु साथै च्याम्पियन्स लिग इतिहासमा संयुक्त चौथो सर्वाधिक गोलकर्ता पनि बने ।

गत जुनमा ६५ मिलियन डलर तिर्दै स्ट्यामफोर्ड ब्रिज भित्र्याएपछि बेन्जेमाको नम्बर वेर्नरले पनि निकाल्ने अपेक्षा गरिएको थियो । चेल्सीले वेर्नरलाई भित्र्याइरहदा रियल लगायतका अन्य क्लबहरु भने कोरोना भाइरस महामारीले युरोपमा फुटबल ठप्प पारेको कारण खेलाडीहरुलाई तलब दिन नै पैसाको लागि संघर्ष गर्नु पर्ने अवस्थामा पुगेका थिए ।

रुसी धनाढ्य रोमन अब्रामोभिच मालिक रहेको चेल्सी महामारीले प्रभाव नपरेको टोली हो । उसले महामारी चल्दै गर्दाको ट्रान्सफर मार्केटमा २ सय २० मिलियन पाउण्ड खेलाडी किन्न खर्च गरेको थियो । त्यो खर्चको प्रतिफल चेल्सीको सात बर्षमा पहिलो च्याम्पियन्स लिग सेमिफाइनल स्थान हो ।

यद्दपि यस दौरान खरिद गरिएका नयाँ अनुबन्धन वेर्नर, काई ह्याभर्ट्ज र हकिम जियेचले एक समान रुपमा आफ्नो उत्कृष्ट दिन चुकिरहेका छन् ।

रियलबिरुद्ध पहिलो लेगमा ह्याभर्टज र जियेचले बेञ्चबाट शुरु गरेका थिए भने व्यवस्थापक थोमस टुचेलले गोल गर्न चुक्दै आएपनि वेर्नरलाई भने शुरुवात गराएका थिए । क्लब र देशका लागि गरेर पछिल्लो ३८ खेलमा जर्मन स्ट्राइकर वेर्नरले जम्मा तीन गोल मात्र गरेका छन् । ती मध्ये एक गोल एफए कपमा चौथो श्रेणीको मोरकाम्बेबिरुद्ध रहेको थियो ।

टुचेलको आगमन पछि निकै सिमित मौका पाइरहेका ट्यामी अब्राहम वेष्ट लण्डन छोड्ने संघारमा पुगेका छन् भने ३४ बर्षिय फ्रेञ्च ओलिभर जिरुडको सम्झौता पनि यही सिजनको अन्त्यमा समाप्त हुँदैछ ।

आत्तिनु पर्ने अवस्था छैन

फ्रांक लाम्पार्डको स्थान लिएपछि टुचेलले रक्षापंक्तिमा बलियो बनाइसक्दा टिमलाई पूर्णता दिन गोलस्कोररको आवश्यकता परेको देखिदा अब्रामोभिचले फेरि पनि पैसाको खोला बगाउने अपेक्षा गरिएको छ ।

बोरुसिया डर्टमण्डका नर्वेजियन स्ट्राइकर एर्लिङ्ग हालान्ड माथि आखाँ लगाइरहेको चेल्सी पनि धेरै मध्ये एक क्लब हो । तर टुचेल भने वेर्नर क्लबले आवश्यकता अनुसार सोचे अनुरुप गोलस्कोरर बनेर साबिता गर्न सक्षम रहेको मान्छन् ।

“टिममा २० गोल गर्ने स्ट्राइकर ल्याउन नचाहने व्यवस्थापक एक जना पनि नहोलान् । ग्यारेन्टी गर्ने हो भने मलाई एक जनाले काफी हुदैन,” हालान्डप्रति चेल्सीको रुचीलाई लिएर टुचेलले भने ।

“तर चेल्सी भनकै यही हो । उनीहरुले २० देखि ३० गोल प्रति सिजन गर्ने वेर्नर ल्याए । आफ्नो करिअरमा वेर्नर सम्भवत पहिलो पटक संघर्ष गरिरहेका छन् । कुनै पनि ट्रान्सफरमा एडप्ट गर्नु पर्ने रिस्क हुन्छ । देश परिवर्तन हुन्छ र मानसिकता पनि । यसको लागि समय लाग्छ । यो कुनै पजल होइन की तपाई एक टुक्रा पहिचान गर्दै त्यसलाई भेट्टाउनु सफल हुनुहुन्छ । यो त्यो भन्दा बढी हो र यसै कारण अहिले आत्तिनु पर्ने अवस्था छैन,” टुचेलले भने ।

२५ बर्षिय वेर्नरको लागि गाह्रो रहेको इङ्गल्याण्डमा आफ्नो पहिलो बर्षमा केही उत्कृष्ट क्षणहरु पनि छन् । सिजनमा ११ गोल गरिसकेका वेर्नरले शनिबार फुलह्यामबिरुद्ध २–० ले हात पार्दाको दोश्रो गोलमा ह्याभर्टजलाई उत्कृष्ट पास निकाल्दा उनको असिस्ट संख्या १० पुगिसकेको छ ।

तर उनलाई शंका गर्नेहरुको मुख बन्द गराउन ठूलै अवसरको आवश्यकता रहेको छ । महत्वपूर्ण भुमिका खेल्द्रै च्याम्पियन्स लिगको सेमिफाइनलबाट रियल म्याड्रिडलाई नकआउट गर्न पाउने अवसर वेर्नरलाई आफ्नो मुल्य साबित गर्नको लागि सबैभन्दा उचित प्लेटफर्म रहेको छ ।

Click to comment

Trending