Headline

नेपाल सुपर लिगः बिराटनगर र चितवनबीच पहिलो हाफ बराबर

Published

on

बिराटनगर एफसी र एफसी चितवनले नेपाल सुपर लिग अन्तर्गत सोमबारको एक मात्र खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

पहिलो केही मिनेट चितवनले नियन्त्रणमा राखेपनि खेलमा बिराटनगर नै हावी भएको छ । चितवनले नै पहिलो मुभ बनाएको थियो । चौथो मिनेटमा गोरान जेर्कोभिच पास लिदै बक्स भित्र पुग्न सफल भएका थिए तर शिशिर लेखीलाई गोललाइन अगाडी पास दिन असफल रहेका थिए ।

२३ औं मिनेटमा बिराटनगरले मौका खेलर फाल्यो । एडेलाजाको कट ब्याक डिफेन्सबाट फर्किएपछि पेद्रो मान्जीले बक्स भित्र निकालेको क्रसमा सुनिल बल अनमार्क रहेपनि गलत खुट्टामा नपर्दा जथाभावी प्रहार गर्न पुगेका थिए ।

प्ले अफको दौडमा कायम रहन चितवनलाई जितको आवश्यकता रहेको छ भने चार अंक रहेको बिराटनगरले दुई गोल अन्तरले जित्ने हो भने अंक तालिकाको शिर्ष स्थानमा पुग्नेछ ।
चितवन तीन खेलबाट मात्र दुई अंकसाथ पुछारमा रहेको छ ।

Click to comment

Trending