अन्तर्राष्ट्रिय

बेंगलोर र कोलकाता बीच आज हुने खेल स्थगित

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राती हुने भनिएको रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राईडर्स बीच हुने भनिएको खेल स्थगित भएको छ ।

भारतीय क्रिकेट बोर्डले के र कुन कारणले कोलकाता र बेंगलोर बीचको खेल स्थगित गर्न लागेको जनाएको छैन । तर भारतीय समाचार माध्यमहरुले जनाए अनुसार कोलकाताको टोलीमा कोरोनाको संक्रमण देखिएकोले गर्दा आज हुने खेल स्थगित गरिएको हो ।

कोरोनाको दोश्रो लहरले दक्षिण एसियामा बिध्वंश मच्चाउदै गर्दा भारतमा मात्रै दुई लाख मानिको मृत्यु भइसकेको छ भने दैनिक साढे तीन लाख भन्दा बढि संक्रमित भेटिन थालेका छन् । यो संख्या अझै बढी रहेको हुनसक्ने अनुमान गरिएको छ ।

केही समय अघि मात्र प्रतियोगिताको दौरान अष्ट्रेलियन खेलाडीहरुसँगै अम्मायरहरुले पनि प्रतियोगिता छोड्नुका साथै सिँगो देश संघर्षरत रहदा आईपिएल पनि रद्द गरिनु पर्ने आवाज उठ्न थालेका छन् ।

आज स्थगित भएको खेल अब अर्को मितिमा गर्नका लागि बिसीसीआईको बैठक आज नै बस्ने र अर्को मिति सार्वजनिक गर्ने पनि भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।

Click to comment

Trending