Headline

लुकाकु सडकमै उत्रदै समर्थकसँग इन्टरको उपाधि जितको खुशीयाली मनाए

Published

on

इन्टर मिलानका बेल्जिय फर्वार्ड रोमेलु लुकाकुले मिलानको सडकमै निक्लदै इटालियन सिरी आ उपाधि जितेकोमा खुशीयाली मनाएका छन् ।

लुकाकुले यो सिजनलाई उनको करिअरकै उत्कृष्ट बर्ष पनि मानेका छन् । यसअघि नै एक खुट्टा उपाधिमा राखेको इन्टरले आइतबार एटलान्टा र सासुलोबीचको खेलमा १–१ को बराबरी भएपछि ११ बर्षपछि उपाधि आफ्नो नाममा लेखाएको थियो ।

इन्टरले १९ औं पटक इटालीको शिर्ष श्रेणीको फुटबल प्रतियोगिताको उपाधि जित्दा युभेन्टसलाई लगातार १० औं टाइटल जित्नबाट रोकेको हो ।

२७ बर्षिय लुकाकु मिलानको सडकमा निक्लदै टिम झण्डा हल्लाउदै इन्टर समर्थकहरुलाई अभिवादन गर्दै खुशीयाली मनाइरेको एक भिडियोमा सार्वजनिक भएको थियो ।

“यो मेरो करिअरकै उत्कृष्ट बर्ष हो । म इन्टरका लागि खेल्दा निकै गौरवान्वित छु । अहिलेको समय समर्थकहरुसँग खुशीयाली मनाउने हो । म बाहिर निक्लिए किन भने म उनीहरुलाई सडकमा खुशीयाली मनाएको हेर्न चाहन्थे,” लुकाकुले भने ।

“यो टोलीमा धेरै खेलाडीहरुको यो पहिलो उपाधि हो । हामीले अघिल्लो बर्ष पनि राम्रो गरेको थियौं तर यो सिजन अझै सुधारका साथ आयौं र आशा गर्छु यसलाई निरन्तरता दिन सक्नेछौं, लुकाकुले भने ।”

युभेन्टसले लगातार नवौं पटक उपाधि जित्दा गत सिजन इन्टर मात्र एक अंकले पछि परेको थियो ।

पुर्व चेल्सी, एभर्टन र म्यानचेस्टर युनाइटेड स्ट्राइकर लुकाकु एन्टोनियो कोन्टेको आगमनपछि इन्टरसँग आबद्ध भएका थिए ।

लुकाकुले यो सिजन सिरी आ मा २१ गोल गरेका छन् । सर्वाधिक गोलकर्ताको सुचीमा उनी पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डो भन्दा ६ गोलले पछि छन् ।

सिरी आ मा २००४–०५ पछि एकै सिजन २० भन्दा बढी गोल र १० असिस्ट दिने लुकाकु पहिलो खेलाडी पनि हुन् ।

Click to comment

Trending