अन्तर्राष्ट्रिय

पन्जाब माथि सात विकेटको जित निकाल्दै दिल्ली अंक तालिकाको शिर्ष स्थानमा

Published

on

ओपनर शिखर धवनको उत्कृस्ट ब्याटिङको मद्धतमा १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो आठौँ खेलमा पन्जाब किंग्सलाई सात विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

जारी सिजन छैठौं जित निकालेको दिल्ली १२ अंक सहित अंक तालिकाको पहिलो स्थानमा उक्लिएको हो । क्रमश दोश्रो र तेश्रो स्थानमा रहेका चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरले दिल्ली भन्दा एक खेल कम खेलेका छन् र दुबैको समान १०-१० अंक रहेको छ ।

पन्जाबले दिएको १६७ रनको मध्यम लक्ष्य दिल्लीले १७ दशमलब चार ओभर खेल्दै तीन विकेटको नोक्सानीमा पक्ष्याएको हो ।

दिल्लीको जितमा ओपनर शिखर धवनले अविजित रहँदै सर्वाधिक ६९ रन बनाए । ४७ बलको सामना गर्दै ६ चौका र दुई छक्का प्रहार गरेका उनले २२ बलमा समान ३-३ चौका र छक्काको मद्धतमा ३९ रन बनाएका पृथ्वी शसँग मिलेर ६ दशमलब एक ओभरमा ६३ रन जोड्दै दिल्लीलाई आक्रमक सुरुवात दिलाए ।

त्यस्तै दिल्लीको जितमा स्टिभ स्मिथले २५, कप्तान रिशब पन्तले १४ तथा शिम्रोन हेटमायरले चार बलमा अविजित १६ रनको योगदान दिए ।

सुरुवात राम्रो गर्न नसके पनि कप्तान मायंक अगरवालको अविजित ९९ रनको मद्धतमा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १६६ रनको चुनौतिपूर्ण योगफल तयार पार्यो ।

कप्तान केएल राहुलको एपेन्डिसाइटिसको शल्यक्रिया गर्न पर्ने भए पछि आजको खेलमा कप्तानी गरेका मायंक अगरवालले सर्वाधिक ९९ रनको पारी खेले । अविजित रहेका उनले ५८ बलको सामना गर्दै आठ चौका र चार छक्का प्रहार गरे ।

अगरवाल बाहेक पन्जाबको तर्फबाट डाविड मालानले २६ तथा क्रिस गेलले १३ रनको योगदान दिए ।

दिल्लीका कागिसो रबाडाले चार ओभरमा ३६ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने आवेष खान र अक्सर पटेलले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending