Headline

ओल्ड ट्राफोर्डमा समर्थकको तोडफोड र नारा, लिभरपुल विरुद्धको खेल सारीयो

Published

on

म्यानचेस्टर युनाइटेडका अमेरिकी मालिक जोएल ग्लाजर विरुद्ध नरा लगाउदै समर्थकहरुले ओल्ड ट्राफोर्ड तोडफोड गरे पछि लिभरपुल विरुद्धको खेल सारीएको छ ।

समर्थकहरु तोडफोड गर्दै बिना मास्क मैदानमा प्रवेश गरे पछि स्थिती तनावग्रस्त बनेको थियो । केही समर्थकहरुलाई बलपुर्व रङशालाबाट निकाले पनि केही पनि फेरी विरोध गर्न मैदानमा पुगेका थिए । नेपाली समय अनुसार ९:१५ मा लिभरपुल विरुद्ध युनाइटेडले खेल्ने तालिका रहे पनि समर्थकहरु छिरे पछि खेल केही समयका लागि रोकिने बेलायती संचार मध्यामले जनाएका छन् ।

समर्थक मैदानमा विना मास्क प्रवेश गरेकाले कोभिडको नियम उलंघन भएको नभएको भन्ने अनुसन्धानका लागि बैठक बसेको थियो । समर्थकले मिडियाबक्स, खेलाडी बस्ने स्थानपनि तोडफोड गरेको संचार मध्यामहरुले जनाएका छन् ।

युनाइटेडका समर्थकहरुले क्लबका मालिकले राम्रोसँग व्यावस्थापन गर्न नसकेको र अझै युरोपियन सुपर लिगमा क्लबलाई दर्ता गराएको आरोप लगाउदै आएका छन् ।

समर्थकहरुले रेफ्री माइकल ओलिभर र पूर्व युनाइटेड कप्तान ग्यारी नेभिलको गाडीह स्टेडियममा प्रवेश गर्दा घेरेको थियो । उनीहरुले ग्लाजर विरोधी नारा लगाउनुका साथै युनाइटेड छोड्न पनि दवाब दिएका थिए ।

Click to comment

Trending