Headline

इन्टर मिलान ११ बर्षपछि पहिलो पटक इटालियन च्याम्पियन

Published

on

एटलान्टा सासुलोसँग १–१ गोलको बराबरीमा रोकिएपछि इन्टर मिलान ११ बर्ष पछि इटालियन सिरी आ च्याम्पियन बनेको छ ।

एटलान्टाले आइतबार जित हात पारेको खण्डमा इन्टरलाई कुर्नु पर्ने थियो । तर निकतम प्रतिद्वन्दी बराबरीमा रोक्किएपछि इन्टरले चार खेलमा हातमै रहेको स्थितिमा २०१० पछि पहिलो पटक उपाधिमाथि कब्जा जमायो ।

इन्टरको ३४ खेलबाट ८२ अंक छ भने अब उसले आफ्नो बाकी सबै खेल हार्ने र शिर्ष चारमा रहेका अन्य तीन क्लबहरुले सबै खेल जित्ने हो भने पनि इन्टरलाई उपाधिको लागि कसैले रोक्ने छैन । दोश्रो स्थानमा उक्लिएको एटलान्टाको एसि मिलानसँगै समान ३४ खेलबाट ६९ अंक भएको छ ।

चौथो स्थानमा रहेको नापोलीको ६७ अंक छ भने लगातार ९ पटक उपाधि जित्दै इटालीको शिर्ष श्रेणीको फुटबलमा साम्राज्य खडा गरेको युभेन्टसको ३३ खेलबाट ६६ अंक छ । पोर्चुगिज सुपरस्टार युभेन्टस यो सिजन च्याम्पियन्स लिग छनौटका लागि नै संघर्षरत छ ।

यसै सिजन प्रशिक्षक नियुक्त भएका इटालियन लेजेण्ड आन्द्रे पिर्लोलाई आफ्नो पहिलो बर्ष नै युभेन्टसलाई संकटबाट बचाउन कठिन भएको छ । युभेन्टस आइतबार राति नै युडिनेजीको सामना गरिरहेको छ ।

एटलान्टा अवे खेलमा २३ मिनेटभित्रै १० जनामा सिमित भएको थियो । पियरलुईजी गोलीनी सोझै रेडकार्ड खादै मैदान बाहिरिउका थिए । तर रोबिन गोजेन्सले गोल गर्दै ३२ औं मिनेटमा एटलान्टालाई अग्रता दिलाएका थिए ।

डोमेनिको बेरार्डीले पेनाल्टीमा गोल गर्दै ५२ औं मिनेटमा सासुलोलाई खेलमा फर्काएका थिए । ७५ औं मिनेटमा मार्लोनले दोहोरो पहेलो कार्ड पाउदा सासुलो पनि १० खेलाडीमा सिमित भयो । तर पेनाल्टीमा लुईस मुइरेल चुक्न पुग्दा एटलान्टाले इन्टरलाई च्याम्पियन बन्नबाट रोक्न सकेन ।

Click to comment

Trending