Headline

ललितपुरद्वारा प्रशिक्षक हुमागाँई बर्खास्त

Published

on

नेपाल सुपर लिग क्लब ललितपुर सिटी एफसीले प्रशिक्षक प्रदिप हुमागाँईलाई बर्खास्त गरेको छ । आईतबार भएको खेलमा पोखरा थन्डर्स विरुद्ध गोलरहित बराबरी निकाले पछी हुमगाँईलाई ललितपुरले वर्खास्त गरेको हो ।

ललितपुरका लागि हुमागाँईले चार खेल खेल्दा एक खेलमा पनि जित निकाल्न सकेका थिएनन् । पहिलो खेलमा काठमाडौंसँग १-० ले पराजित भएको ललितपुर दोस्रो खेलमा चितवनसँग १-१ को बराबरी खेलेको ललितपुरले तेस्रो खेलमा धनगढीसँग १-१ कै बराबरी खेलेको थियो ।

प्रतियोगितामा खराब प्रदर्शनका कारण हुमागाँई बर्खास्तमा परेका हुन् ।  स्रोतका अनुसार उनको फितलो प्रदर्शनका कारण टोलीका मालिकहरुले बैठक बस्दै उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । हुमागाँईले पनि आफ्नो फेसबुकमा रजिनामा पत्रको फोटो राख्दै ललितपुरबाट बिदा भएको जनाएका छन् ।

“सबै कुराको जिम्मेवारी लिदै म ललितपुर सिटी एफसीको प्रशिक्षक पदबाट राजिनामा दिदै छु । सबै खेलाडीहरुलाई खेलमा दिएको प्रयासलाई धन्यवाद।” हुमागाँईले आफ्नो राजिनामा पत्रमा लेखेका छन् ।

उनले पोखरासँगको बराबरी पछि पनि खेलाडीहरु सबैले खेलमा न्याय गर्दा गर्दै पनि चुकेकोमा आफ्नो पनि गल्ती भएको बताएका थिए ।

ललितपुर ४ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Click to comment

Trending