Headline

आईपिएलः बट्लरको आक्रमक शतक, राजस्थानद्वारा हैदराबाद पराजित

Published

on

इङ्गल्याण्डका ओपनर जोस बटलरले शान्दार शतक प्रहार गरेपछि राजस्थान रोयल्सले इण्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबादलाई ५५ रनको फराकिलो अन्तरले पराजित गर्दै तेश्रो जित हात पारेको छ ।

हैदराबाद बलरहरुमाथि बटलर पूर्ण रुपमा हावी भएपछि राजस्थानले २० ओभरमा मात्र तीन विकेट गुमाउदै २ सय २० रनको बिशाल योगफल खडा गर्यो । बट्लरले ६४ बलमै १ सय २४ रन ठोकेका थिए ।

यो सिजन राजस्थानका लागि शतक बनाउने उनी दोश्रो खेलाडी हुन् । यसअघि कप्तान सन्जु स्याम्सनले पनि शतक प्रहार गरेका थिए । जितपछि राजस्थान ६ अंकका साथ पाचौं स्थानमा उक्लिएको छ ।

निकै खराब प्रदर्शन गर्दै पहिलो ७ मध्ये मात्र एक खेल जित्न सफल हैदराबादलाई पहिलो तीन ब्याट्स्म्यानहरुले शुरुवात दिलाएपनि ठूलो स्कोरमा बदल्न नसक्दा ८ विकेटको क्षतिमा १ सय ६५ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि मुस्तफिजुर रहमान र क्रिस मोरिसले समान ३ विकेट लिए । हैदराबादका लागि ओपनरद्वय मनिष पाण्डेले ३१ र जोनी बेयरस्टोले ३० रन बनाए ।

यसअघि यशस्वी जैसवाल (१२) लाई १७ रनमा गुमाएपछि बट्लरले स्याम्सनसँग दोश्रो विकेटका लागि १ सय ५० रनको शान्दार साझेदारी गरेका थिए । स्याम्सनले ३३ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४८ रन बनाए ।

स्याम्सनको विकेट पतनपछि बट्लरले नै राजस्थानको स्कोरलाई गति दिने काम गरेका थिए । उनले तेश्रो विकेटका लागि ४२ रन जोड्दा रियान परागले मात्र १५ रन बनाएका थिए ।

बट्लरको इनिङ्गसमा ११ चौका र ८ छक्का सामेल थियो ।

Click to comment

Trending