Headline

नेपाल सुपर लिगः पोखरा र ललितपुरबीचको पहिलो हाफ बराबर

Published

on

पोखरा थण्डर्स र ललितपुर सिटी एफसीले नेपाल सुपर लिगमा आइतबारको एक मात्र खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

सातौं मिनेटमा पोखराले पहिलो अवसर सृजना गर्यो । काउन्टर अट्याक मुभमा आयुष घलानले बक्सभित्र निकालेको बलमा नवयुग श्रेष्ठले बल नियन्त्रणमा लिदै प्रहार गरेको बल थारैले बाहिरियो । भिलिम पोसिन्कोभिचले अञ्जन बिष्टको पासमा पोखराको पोस्टमा अवसर खेर फाल्दा नवयुगको ललितपुर बक्समाबाट प्रहार गरेको चिप बाहिरिएको थियो ।

३५ औं मिनेटमा भिलिमले पोस्ट छेउमै उत्कृष्ट बल निकालेपनि रफाइल रिम्गागोले बिमल रानालाई डिफेन्ड गर्दै संकट टारेका थिए ।

प्ले अफको दावेदारी दिनका लागि ललितपुर र पोखरा दुवै टोलीलाई जितको आवश्यकता रहेको छ । चौथो स्थानमा रहेको पोखराको तीन खेलबाट चार अंक रहेको छ भने छैटौं स्थनमा रहेको ललितपुरको मात्र दुई अंक छ ।

Click to comment

Trending