Headline

हालान्ड नुहँदा पनि डर्टमण्ड पाँच गोल गर्दै फाइनलमा

Published

on

स्टार युवा स्ट्राइकर एर्लिङ्ग हालान्ड अनुपस्थित रहे पनि बोरुसिया डर्टमण्ड होल्स्टेन किएललाई ५–० ले पराजित गर्दै जर्मन कपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति सम्पन्न दोश्रो सेमिफाइनलका लागि तिघ्राको चोटका कारण हालान्ड उपस्थित थिएनन् । तर जियोभानी रेनाले शुरुवाती दुई गोल गर्दै डर्टमण्डलाई सहज जित तर्फ डोर्याएका थिए । मे १३ मा बर्लिन ओलम्पिक स्टेडियममा हुने फाइनलमा डर्टमण्डले आरबी लाइपजिगसँग खेल्नेछ ।

लाइपजिगले शुक्रबारको निकै नै प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा एमिल रोसबर्गको १ सय २१ औं मिनेटको गोलमा वेर्डर ब्रेमनलाई २–१ ले हराएको थियो ।

“हाम्रो पोस्ट अगाडीको प्रदर्शन एक समान थियो । झण्डै सबै शट गोलमा परिणत हुन पुग्यो । फाइनल पुगेकोमा हामी निकै खुशी छौं,” डर्टमण्ड कप्तान मार्को रुसले भने ।

जनवरीमा जर्मन घरेलु फुटबलको महारथी बायर्न म्युनिखलाई टाई ब्रेकरमा नकआउट गर्दै सनसनी मच्चाएको किएल अर्को स्तब्धपुर्ण नतिजाको नजिक पनि पुग्न सकेन । १६ औं मिनेटमै डर्टमण्डको उत्कृष्ट टिम गोलमा १८ बर्षिय रेनाले फिनिसिङ्ग गरेका थिए ।

२५ औं मिनेटमा अमेरिकी फुटबलरले राफेल गुरुरेलोले दिएको ब्याक हिल पासमा दोश्रो गोल गरे । ६ मिनेटपछि नै रुसले एम्री च्यानले माथिबाट दिएको बलमा बक्स भित्रबाट गोल गरे । थोर्गन हजार्ड र जुड बेलिँघमले अरु गोल थपेपछि डर्टमण्डले फराकिलो जित हात पार्यो ।

Click to comment

Trending